Websoft University

www.radiomakalu.com || 021-522512


पूर्व राजाको योगदानको सम्झना गर्दै प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा

पूर्व राजाको योगदानको सम्झना गर्दै प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा

काठमाडौ,  जेठ २२ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व राजाहरुको सम्झना गर्दै सिंहदरवारबाट विदा भएका छन् । राज्यको पुनरसंरचनाका सन्दर्भमा पूर्व राजाका योगदान सम्झना गर्दै प्रधानमन्त्री प्रचण्डले २१ औ शताब्दीमा ती योगदान पर्याप्त नभएको बताउनुभयो ।
आफनो कार्यकालमा नेपालको पुनरसंरचना सात सय ४४ स्थानीय तहमा बदलिएको तर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाह,नेपाललाई १४ अञ्चल ७५ जिल्ला र पाँच विकास क्षेत्रमा पुनरसंरचना गर्ने महेन्द्रवीर विक्रम शाह र विरेन्द्र वीर विक्रम शाहको नाम नलिइकन सम्झनु भएको हो ।
‘रुपान्तरणमा टेकेर देशको एकता गर्ने हो । हिजो एउटा बिशिष्टतामा रुपान्तरण भएर आएको हो । राजा,महाराजाहरुले गरेकै हुन । गर्दै गरेका होइनन भन्ने छैन’प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘उनीहरुले एउटा बिशिष्टतामा गरे । अहिले २१ औ शताब्दीमा त्यो आधारले चल्दैन । नयाँ बिशिष्टतामा नयाँ एकता आवश्यक छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत मुख्यसचिव,सचिव लगायत सबै कर्मचारीहरुद्धारा सोमबार सिंहदरवारमा आयोजित विदाई कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र स्थानीय तहमा रुपान्तरण गरिएको बताउँदै भन्नुभयो ‘जाती,भाषा,समुदाय र भुगोलाई एकताबद्ध राखेर तीब्र आर्थिक विकासतिर जाने हाम्रो मिसन हो । यो मिसनलाई तपाईहरुले कसरी बुझनुहुन्छ भन्ने धेरै महत्वपूर्ण छ ।’
०६५ मा प्रधानमन्त्री हुँदा झिलिमिलीमै वितेको र अहिले १० महिनाको अवधिमा राजनीतिक,आर्थिक लक्ष्य निर्धारण गरेर आफूले काम गरेको पनि उहाँले बताउनुभयो ।
‘मैले मोदीसँग कुरा मात्रै धेरै भयो,काम हुनु परयो भनेर कुरा गरेको थिए’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा भएको भेटको सन्दर्भ कोटयाउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘ हुलाकी मार्ग लगायतका परियोजनामा अहिले गति आएको छ ।’ आफू अप्ठयारो,पेचिलो र जटिल अवस्थामा प्रधानमन्त्री भएको पनि उहाँले बताउनुभयो । संविधानको स्वीकार्यता बढाउन,मधेश,पहाड र हिमाललाई एकताबद्ध गर्न आफू सफल भएको पनि उहाँले बताउनुभयो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget