Websoft University

www.radiomakalu.com || 021-522512


दोस्रो चरणको चुनावबारे निर्वाचन आयोगसँग परामर्श

दोस्रो चरणको चुनावबारे निर्वाचन आयोगसँग परामर्श
तस्बिर सौजन्य : प्रधानमन्त्री सचिवालय


काठमाडौं, असार १ गते ।    स्थानीय तहको दोस्रो चरणको निर्वाचनबारे सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको छ ।  सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग चुनावको तयारी र मनोनयन दर्ताबारे छलफल गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका सहयोगी बद्रि सिग्देलले बताउनुभयो ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त, चार निर्वाचन आयुक्त र निर्वाचन आयोगका सचिव उपस्थित हुनुहुन्छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरु परामर्शमा सहभागी हुनुहुन्छ ।
राजपा चुनावमा आउने भएपछि केही स्थानमा अर्को चरणमा र मनोनयन दर्ता पनि केही दिन पर सार्न सकिने/ नसकिनेबारे आवश्यक परामर्श सरकारले लिइरहेको सिंग्देलले बताउनुभयो ।

असार १४ गते हुने दोस्रो चरणको चुनावका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । राजपा चुनावमा आउने भएपछि केही समय चुनाव सार्ने मनस्थितिमा सरकार पुगेको छ । सरकारले केही बेरपछि राजपासहित अन्य दलसँग छलफल गर्ने भएको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget