Websoft University

www.radiomakalu.com || 021-522512


अघि बढ्दै कोस्टारिका

अघि बढ्दै कोस्टारिका


सान जोसे : कोस्टारिकाले सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलमा छनोटको सम्भावना कायमै राखेको छ । कोस्टारिकाले उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको मंगलबार राति खेलिएको छनोट खेलमा ट्रिनिडाड एन्ड टोबागोलाई २-१ गोलले हरायो । सोही क्षेत्रको अर्को खेलमा पानामाले घरेलु मैदानमा होन्डुरसलाई २-२ गोलको बराबरीमा रोक्यो ।
घरेलु मैदानमा खेल सुरु भएको पहिलो मिनेटमै कोस्टारिकाले अग्रता लिएको थियो । कोस्टारिकाका लागि फ्रान्सिस्को काल्भोले पहिलो गोल गरेका थिए । ३५औं मिनेटमा ट्रिनिडाड एन्ड टोबागोका केभिन मोलिनोले जवाफी गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । ४४औं मिनेटमा कोस्टारिकाका ब्रायन रुइजले गोेल गर्दै आफ्नो टोलीलाई विजयी बनाए ।
यसैगरी पानामाविरुद्घको खेलमा होन्डुरसका लागि पाँचौं मिनेटमा रोमेल क्विटोले सुरुआती गोल गरेका थिए । ४१औं मिनेटमा घरेलु टोली पानामाका लागि ब्लास पेरेजले बराबरी गोल गरेका थिए । ६६औं मिनेटमा अल्बर्टो एलिसले गोल गरेपछि होन्डुरस पुनः २-१ गोलले अगाडि बढेको थियो । खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा अन्तिम समयमा पानामाका लागि रोमन टोरेसले जवाफी गोल गरेका थिए ।
कनकाकाफ क्षेत्रको पाँचौं चरणको छनोटमा ६ वटा राष्ट्र सहभागी छन् । सहभागी टोलीले एकअर्कासँग ‘होम एन्ड अवे'का आधारमा राउन्ड रोविन लिग खेल्नेछन् । त्यसपछि अंक तालिकाको तेस्रो स्थानसम्म आउने टोली रुस विश्वकपका लागि छनोट हुनेछन् । चौथो स्थानमा आउने टोलीले भने प्ले अफ खेल्नुपर्नेछ । हाल अंक तालिकामा ६ खेल खेलेको मेक्सिको १४ अंकसहित पहिलो, समान खेल खेलेको कोस्टारिका ११ अंकसहित दोस्रो र समान खेल खेलेको अमेरिका आठ अंकसहित तेस्रो स्थानमा छन् । ६ खेल खेलेको पानामा सात अंकसहित चौथो, समान खेल खेलेको होन्डुरस पाँच अंकसहित पाँचौं र समान खेल खेलेको ट्रिनिडाड एन्ड टोबागो तीन अंकसहित छैटौं स्थानमा आसीन छन् ।
दबाबमा दक्षिण कोरिया
यसैबीच एसियाली क्षेत्रको विश्वकप छनोटमा मंगलबार राति कतारसँग पराजित भएपछि दक्षिण कोरिया दबाबमा परेको छ । कतारले घरेलु मैदानमा दक्षिण कोरियालाई ३-२ गोलले हरायो । सहभागी ६ वटै टोलीले अब दुईदुई खेल खेल्न बाँकी रहँदा समूह ‘ए'बाट इरान विश्वकपमा छनोट भइसकेको छ । इरान विश्वकपमा छनोट हुने एसियाको पहिलो र समग्रमा दोस्रो राष्ट्र बनेको छ । रुस विश्वकपमा छनोट हुने पहिलो राष्ट्र भने ब्राजिल हो ।
समूह ‘ए' तालिकामा २० अंकसहित इरान पहिलो, १३ अंकसहित दक्षिण कोरिया दोस्रो, १२ अंकसहित उज्बेकिस्तान तेस्रो, नौ अंकसहित सिरिया चौथो, सात अंकसहित कतार पाँचौं र ६ अंकसहित चीन छैटौं स्थानमा छन् । कतार र चीनको सीधै विश्वकपमा छनोट हुने सम्भावना भने समाप्त भइसकेको छ । एसियाली छनोटको तेस्रो चरणमा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सबै टोलीले होम एन्ड अवे राउन्ड रोविन लिगका आधारमा एकअर्कासँग दुईदुई खेल खेल्नेछन् ।
त्यसपछि दुवै समूहको माथिल्लो दुई स्थानमा आउने टोली विश्वकपमा सीधै छनोट हुनेछन् । तेस्रो स्थानमा आउने दुई टोली चौथो चरणको छनोटमा प्रवेश गर्नेछन् । एसियाली क्षेत्रको समूह ‘बी'मा सहभागी ६ वटै टोलीले दुईदुई खेल खेल्न बाँकी रहँदा १७ अंकसहित जापान पहिलो, १६ अंकसहित साउदी अरब दोस्रो, १६ अंकसहित अस्ट्रेलिया तेस्रो, १० अंकसहित संयुक्त अरब इमिरेट्स चौथो, पाँच अंकसहित इराक पाँचौं र दुई अंकसहित थाइल्यान्ड छैटौं स्थानमा आसीन छन् । इराक र थाइल्यान्ड भने विश्वकप छनोट चरणबाटै बाहिरिइसकेका छन् ।-  एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget