Websoft University

www.radiomakalu.com || 021-522512


सीके राउतद्वारा राजपासँग सहकार्यको पहल

सीके राउतद्वारा राजपासँग सहकार्यको पहल

काठमाडौं, असार १ गते ।  मधेस गठबन्धनका संयोजक सीके राउतले जेठ २८ गते राजपाका अध्यक्ष महन्थ ठाकुरलाई तीन पृष्ठको तीनबुँदे सुझावसहित पत्र पठाउँदै मतपत्रमा कोष्ठबाहिर छाप लाउँदै निर्वाचनको सक्रिय बहिष्कार गर्न आग्रह गर्नुभएको छ । तराई/मधेसमा असार १४ गते हुने निर्वाचनलाई निषेधात्मक एवं हिंसात्मक बहिष्कार, निष्क्रिय बहिष्कार र सक्रिय बहिष्कारको परिभाषा दिँदै संयोजक राउतले भन्नुभएको छ, ‘सक्रिय बहिष्कार (मतपत्र बदर) लोकतान्त्रिक ‘राइट टू रिजेक्ट' को प्रयोग उपयुक्त विकल्प हुन्छ । ५० प्रतिशत बढी मतदाताले यो प्रयोगअन्तर्गत कोष्ठबाहिर मतदान गर्नु भनेको मधेस र मधेसीलाई बाहिर राख्दै, अधिकारविहीन गराउँदै जारी गरेको संविधानको औचित्य स्वतः अन्त्य हुनु हो ।'
मधेसमा रहेको विभेद अन्त्यका लागि पनि चुनावको बहिष्कारभन्दा सहभागितामा कोष्ठबाहिरको बहुमत बलियो हुने राउतले पत्रमा उल्लेख गर्नुभएको छ । राजपा अध्यक्ष ठाकुरसामु राउतको पत्र आएको स्विकार्दै राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले भन्नुभयो, ‘राउतले पत्रमार्फत सुझावसम्म दिएका हुन् । उनले आफ्नो रिजर्भेसन जनाएका हुन् ।' अन्नपूर्णसँग कुराकानीमा लालले राजपाको जारी आन्दोलनमा सहभागी हुने जो-कोहीलाई स्वागत गरेको तर कार्यगत एकताका रूपमा कसैसँग निकट नरहेको बताउनुभयो । चुनावका लागि आफूहरूको सर्त भनेको संविधान संशोधन नै रहेकोमा उहाँले जोड दिनुभयो ।
‘निर्वाचन सार्ने मुद्दा राजपाको नभएर सरकारको हो,' उहाँले भन्नुभयो, ‘गत साउन १९ गते भएको तीनबुँदे सहमति कार्यान्वयन नगरेकाले ऊ चुनाव सार्न बाध्य भएको हो ।' प्रमुख चार दलको बैठकमा सहभागी हुन जानुअघि बुधबार अपराह्न बसेको राजपा अध्यक्षमण्डलको बैठकले चुनावका लागि संविधान संशोधनलाई अनिवार्य सर्त बनाउने निर्णय गरेको थियो । बैठकमा प्रदेश नं. २ र ५ को चुनाव कुनै पनि हालतमा असार १४ गतेबाट सार्नुपर्ने र त्यसै आधारमा आ-आफ्ना धारणा चार दलमा राख्ने सहमति भएको बताइएको छ । संविधानको धारा २९५ अनुसार संघीय सीमांकन आयोग गठन गर्ने र संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल एमालेसहितको लिखित प्रतिबद्धता आएपछि केही समय मिति सारेर चुनाव गर्न सकिने एजेन्डा तय गरेको जानकारी राजपाका महासचिव केशव झाले दिनुभयो।
गत साता आन्दोलन कार्यक्रम सार्वजनिक गरेयता राजपा अध्यक्षमण्डलको बैठक बस्दै आएको छ । बैठकमा अनिलकुमार झाले पूर्वनिर्धारित विरोध कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । महेन्द्रप्रसाद यादव संसद् सदस्यबाट समेत आवश्यक पर्छ भने राजीनामा दिनुपर्ने अडानमा हुनुहुन्छ । अर्का नेता राजेन्द्र महतोे बुधबारको बैठकमा राजधानीबाहिर भए पनि जारी आन्दोलनलाई अझै सशक्त रूपमा अघि बढाउनुपर्ने मान्यतामा हुनुहुन्छ । राजकिशोर यादव भने कुनै हालतमा असार १४ गतेको निर्वाचन रोक्नुपर्नेमा दृढ देखिनुभएको छ ।
आन्दोलनमा ‘साँठगाँठ' संविधान संशोधनलाई निर्वाचनको पूर्वसर्त बनाएको राष्ट्रिय जनता पार्टीले मधेसमा कार्यरत अन्य राजनीतिक समूहसँग प्रत्यक्ष-अप्रत्यक्ष सहयोग र सहकार्यका लागि अनौपचारिक रूपमा आग्रह गरिरहेको छ । स्थानीय तहको दोस्रो चरण निर्वाचन बहिष्कार गर्ने क्रममा राजपाले संविधान संशोधनलाई निर्वाचनको पूर्वसर्त बनाउँदै त्यसका लागि बन्द आमहडताललगायत सशक्त विरोध कार्यक्रम जारी राखेको छ ।
उसले संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र घोषणा, १३ महिने मधेस आन्दोलनका क्रममा लागेका झुटा मुद्दा फिर्तालगायत माग पूरा गराउन दबाब दिन र स्थानीय तहको दोस्रो निर्वाचन बहिष्कारमा सक्रिय सहयोग गर्न मधेसमा कार्यरत अन्य राजनीतिक दल र समूहलार्ई अपिलसमेत गरेको छ ।- अन्नपूर्ण बाट , चिरञ्जीवी ढुंगाना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget