Websoft University

www.radiomakalu.com || 021-522512


देउवालाई प्रधानमन्त्री निर्वाचित गराउन उपेन्द्रको समर्थन

देउवालाई प्रधानमन्त्री निर्वाचित गराउन उपेन्द्रको समर्थन

काठमाडौ,जेठ २१ गते ।    काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित गराउन संघीय समाजवादी फोरमले समर्थन गर्ने निर्णय गरेको छ । फोरमको संसदीय दलको आइतवार बसेको बैठकले देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । फोरमसँग १५ जना साँसद हुनुहुन्छ ।
‘हामीले देउवालाई प्रधानमन्त्री निर्वाचित गराउन समर्थन गर्ने तर सरकारमा सहभागी नहुने निर्णय गरेका छौ’ फोरमका सहमहामन्त्री अभिशेकप्रताव साहले अन्नपूर्णसँग भन्नुभयो । साहका अनुसार देउवाले आफूलाई प्रधानमन्त्री निर्वाचित गराउन समर्थन गर्न अनुरोध गर्दै पत्र पठाउनु भएको थियो ।
सो पत्रमा संविधान संशोधनसहित काँग्रेस माओवादी गठबन्धनले मधेशकेन्द्रित दलसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सो प्रतिबद्धतासहितको पत्रका आधारमा देउवालाई समर्थन गर्ने निर्णय गरिएको साहले बताउनुभयो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget