Websoft University

www.radiomakalu.com || 021-522512


भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै सर्वोच्चमा रिट


भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं,  जेठ २१ गते ।   भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
नेकपा एमालेका तर्फबाट खुला सदस्य उम्मेदवार गुन्जमान विक र सोही स्थानका मतदातासमेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणनाको सुचारु गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुन निर्वाचनका लागि निर्वाचन आयोगले निर्णय गरिसकेको छ । निर्वाचन आयोगको निर्णयले देशमा अशान्ति हुन सक्ने र अपराधिक मनोवृतिले प्रोत्साहन पाउने भन्दै तत्काल मतगणना सुचारु गर्न रिटमा आग्रह गरिएको छ।
मातगणना रोकिएका वडा नम्बर १९ र २० को पुनः मतगणना नगरे मतदाताको संरक्षणमा प्रश्न उठ्ने र मतदातामा थप असुरक्षाको मनोभावना बढ्ने भन्दै अपुरणीय क्षति हुने दावी निवेदनमा उल्लेख छ ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget