Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक पर्सीसम्म स्थगित : प्रधानमन्त्री चयन प्रक्रिया अन्योलमा


संसद बैठक पर्सीसम्म स्थगित : प्रधानमन्त्री चयन प्रक्रिया अन्योलमा
काठमाडौं,  जेठ २१ गते ।   व्यवस्थापिका संसदको बैठक दिन दिनका लागि स्थगित भएको छ । व्यवस्थापिका संसदको सचिवालयले आइतबार दिउँसो ३ बजे सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
राजनीतिक दलहरुबीच सहमति हुन नसकेपछि संसद् बैठक स्थगित भएको हो । यसअघि आइतबार नै ११ बजेका लागि बोलाइएको बैठक तीनबजेसम्म स्थगित भएको थियो ।
सहमति खोज्न सभामुख ओनसरी घर्तीमगरसहितका शीर्ष नेताको बैठक निष्कर्षबिहिन भएपछि संसद पर्सीसम्म स्थगित भएको हो ।
संसद् बैठक पटकपटक स्थगित भएपछि आइतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा परेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरोध गरेपछि प्रधानमन्त्री चयन प्रक्रिया अन्योलनमा परेको हो । - अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget