Websoft University

www.radiomakalu.com || 021-522512


कतारमा इरानले पठायो पाँच कार्गो विमानमा खाद्यान्न


 कतारमा इरानले पठायो पाँच कार्गो विमानमा खाद्यान्न
स्थल, सामन्द्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएर साउदी अरेविया, संयुक्त अरव इमिरेटस, बहराइन र इजिप्टले कतारसँग सम्बन्ध विच्छेद गरेको वेला इरानबाट कम्तिमा पाँच कार्गो विमानबाट खाद्यान्न कतारमा आइपुगेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार इरानले कतारलाई आवश्यक खाद्यान्न आपूर्ति गर्ने आफनो प्रतिबद्धता अनुसार एक साता भित्र आइतवार दोस्रो पटक खाद्यान्न आपूर्ति गरेको हो ।
‘एउटा कार्गोमा ९० टन रहने गरी पाँच वटा जहाजमा ताजा फलफूल र तरकारी कतार पठाइएको छ । अर्को जहाज पनि आजै पठाइनेछ,’ इरानका हवाई प्रवक्ता शाहरुख नवशाहवादीले भन्नुभयो, ‘माग भएसम्म हामी निरन्तर पठाइरहनेछौ ।’
तीन वटा पानी जहाँजमा तीन सय ५० टन खाद्यान्न कतार पठाउन तयारी अवस्थामा बन्दरगाहमा राखिएको छ ।

इरानले कतार र छिमेकी मुलुकहरुलाई वार्तामा वस्न आग्रह गर्दै आएको छ ।- अन्नपूर्ण बाट

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget