Websoft University

www.radiomakalu.com || 021-522512


रंगेली सडक खण्डमा बस पल्टियाे : १६ यात्रुहरू घाइते

रंगेली सडक खण्डमा बस पल्टियाे : १६ यात्रुहरू घाइते

विराटनगर, जेठ २८ गते  । बिराटनगर – रंगेली सडक खण्ड अन्तरगत माेरङकाे धनपालथान गाउँपालिका ६ स्थित मुख्य राजमार्गमा अाइतबार यात्रुबाहक बस पल्टिदा १६ जना यात्रुहरू घाइते भएका छन ।  विराटनगरबाट आइतबार दिउँसो रंगेलीतर्फ जाँदै गरेको को १ ख ३०१५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको को ५ प ९२१३ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टीएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।


दुर्घटनामा घाइते माेटरसाइकल चालक  मोरङको भौंडाहा ५ का धनेश सरदारसहित अन्यको विराटनगरस्थित कोसी अञ्चल अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget