Websoft University

www.radiomakalu.com || 021-522512


चुनावमा ‘युथ फोर्स’को तागत देखाउनुहोस् : प्रधानमन्त्री देउवा

चुनावमा ‘युथ फोर्स’को तागत देखाउनुहोस् : प्रधानमन्त्री देउवा
धानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल विद्यार्थी सङघले पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजना गरेको स्थानीय निर्वाचन परिचालन विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ।
काठमाडौं,  जेठ २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनाव सफल पार्न युवा जोश देखाएर सहभागी हुन कार्यकर्तालाइ निर्देशन दिनुभएको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा भातृ संगठन नेपाल विद्यार्थी संघले गरेको स्थानीय निर्वाचन परिचालन अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले यस्तो निर्देशन दिनु भएको हो।
‘चुनावलाई सफल बनाउन तपाईंहरुले युथ फोर्सको तागत देखाउनुपर्छ ’ देउवाले भन्नुभयो। ‘माघ महनाभित्रमा अझ दुई वटा निर्वाचन गराउनुपर्ने चुनौतीपूर्ण अवस्था छ। यस्तो चुनौतीलाई सामना गर्न तपाईंहरु प्रतिबद्ध भएर लाग्नुपर्छ,’ देउवाले भन्नुभयो, ‘यो कांग्रेसका लागि चुनौती हो।’
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको चुनावमा उम्मेदवार छनोटको क्रममा नेतृत्व तहबाट मनोमानिल्य हुन सक्ने भएकाले त्यसतर्फ सजग रहन कार्यकर्तालाई निर्देशन दिनुभयो।
एउटा पदका लागि धेरै आकांक्षीहरु हुनाले उम्मेदवारमा छनोट नहुनेहरुअसन्तुष्ट हुनु स्वभाविक भएको बताउँदै अहिले नपाए पनि भोलिको लागि योग्य छु भन्ने भावनाका साथ अघि बढ्न उहाँले कार्यकर्तार्ला अनुरोध गर्नुभयो।
‘तपाँइहरु भोलिको नेता हो। आज राम्रो काम गर्नुहोस् भोलि निश्चित छ,’ पौडेलले भन्नुभयो।-तस्बिर : रोशन सापकोटा, रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget