Websoft University

www.radiomakalu.com || 021-522512


एमालेले भन्यो- दाहालले गुन बिर्सिए


एमालेले भन्यो- दाहालले गुन बिर्सिए
काठमाडौं,  जेठ २५ गते । एमालेले गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री एमालेको प्रस्तावमा बनेको कुरा स्मरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेको छ ।
एमालेका तीन जना नेतालाई आफूले प्रधानमन्त्री बनाएपनि एमालेले कहिल्यै आफूलाई प्रधानमन्त्री नबनाएको भन्दै दाहालले बुधवार संसदमा गुनासो पोखेपछि एमालेले ‘पहिलो संविधानसभा निर्वाचनपछिको पहिलो गणतन्त्रको प्रधानमन्त्री' बन्ने बेलाको घटना स्मरण गर्न दाहाललाई आग्रह गरेको हो ।
‘०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भई माओवादी पहिलो पार्टी बनेपनि तत्कालीन कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले झण्डै पाँच महिनासम्म माओवादीलाई सत्ता हस्तान्तरण गर्न मान्नु भएन,' पुरानो घटना स्मरण गर्दै एमाले नेता अग्नि खरेलले भन्नुभयो,‘ संविधान संशोधन गरेर मात्र कांग्रेसले सत्ता छोड्यो । त्यसपछि एमालेकै प्रस्तावमा दाहाल पहिलो पटक प्रधानमन्त्री बन्नुभएको हो । यस्तो कुरा त ढांटनु भएन नि ।'
दाहाललाई प्रधानमन्त्री बनाउन तत्कालीन पार्टीका महासचिव झलनाथ खनाल प्रस्तावक बसेको खरेलले बताउनुभयो । ‘दाहालको प्रस्तावक नै झलनाथ खनाल हुनुहुन्थ्यो भने समर्थकमा फोरमका उपेन्द्र यादव र माओवादीका डा.बाबुराम भट्टराई बसेर दाहाललाई गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनाइएको हो,' खरेलले भन्नुभयो ।' प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव आफुले तयार पारेको जानकारी दिदैं खरेलले भन्नुभयो,‘ प्रधानमन्त्रीको उम्मेदवारमा मैले पुष्पकमल दाहाल मात्र लेख्दा उहां (दाहाल)ले प्रचण्ड पनि लेख्न भन्नुभयो ।
त्यसपछि मैले नागरिकतामा पनि प्रचण्ड लेखिएको छ त भनी सोध्दा उहाँले नागरिकतामा पनि छ भन्नुभयो र प्रचण्ड नाम त्यसरी लेखिएको हो ।' बरु दाहाल विरुद्ध त्यसबेला गिरिजाप्रसाद कोइरालाले कांग्रेस नेता शेरबहादुर देउवालाई उम्मेदवार बनाएको खरेलले जानकारी दिनुभयो । मंगलवार संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा दाहालले कांग्रेसले गुन लगाएपनि एमालेले कहिल्यै गुन नलगाएको बताएपछि एमाले नेताहरुले पुरानो कुरा कोट्याउनुपर्ने अवस्था आएको बताए ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget