Websoft University

www.radiomakalu.com || 021-522512


मेयरको सचिवालय खडा गर्न नगरपालिकाको स्रोत साधनको दुरुपयोग

 मेयरको सचिवालय खडा गर्न नगरपालिकाको स्रोत साधनको दुरुपयोग

धनगढीको एलएन चोकमा काँग्रेसका कार्यकर्ता बसाउन टेन्ट लगाएर सचिवालयको पन्डाल बनाउनका लागि प्रयोग भएका नगरपालिकाका मजदुरहरु । 

धनगढी , जेठ २५ गते।  निर्वाचन आचार संहिता विपरित धनगढी उप–महानगरपालिकाले नेपाली काँग्रेसको सचिवालय स्थापनाका लागि आफ्ना दुई वटा ट्याक्टर र १२ जनाको जनशक्ति प्रयोग गरेको छ । धनगढीको एलएनचोकमा नेपाली काँग्रेसबाट मेयर पदका उमेदवारको सचिवालय स्थापनाका लागि बुधबार कोठा सफा गर्ने र कार्यकर्ता बस्ने पण्डाल बनाउनका लागि काँगे्रसले छनौट गरेको नीजि जग्गाको झाडी र फोहर हटाउन उपमहानगरपालिकाको सोतसाधनको दुरुपयोग गरिएको हो ।
काँग्रेसले धनगढीको मेयर पदका उमेदवारको निर्णय नै नगरिसके पनि, पार्टी सभापति शेरबहादुर देउवाले आफुलाई प्रचार प्रसारमा खटिन निर्देशन दिईसकेको भन्दै नृपबहादुर ओडले सचिवालय खोल्न थाल्नु भएको हो ।
यसअघि नगरपालिकाकै सर्वदलीय संयन्त्रमा बसेर हजार गुणा सम्पत्ति कर बढाएको भन्दै आलोचना खेपिरहनु भएका ओडको सचिवालयका लागि नगरपालिकाको स्रोत साधन प्रयोग भएपछि एलएनचोक आसपासमा उहाँको आलोचना समेत भएको छ ।
‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जारी गरेको निर्वाचन आचार संहिता विपरित धनगढी उपमहानगरपालिकाले काँग्रेसबाट मेयर पदका उमेदवारको सचिवालय स्थापनाका लागि आफ्ना दुई वटा ट्याक्टर र १२ जना कर्मचारीको प्रयोग गर्नु दुखद हो’ धनगढी उपमहानगरपालिका ५ का दिनेश सिहले भन्नुभयो ।
धनगढीको एलएन चोकमा रहेको सुरेश चिया पसलको दक्षिणको खाली जग्गामा रहेको झाडी र फोहर सफा गर्न तथा एलएन चोकमै रहेको एनसीके ट्रेडर्सको माथिल्लो तलाको फर्निचर तथा सामान सार्नका लागि उपमहानगरपालिकाको दुई वटा ट्याक्टर र १२ जना कर्मचारीको प्रयोग भएको हो । एसीके ट्रेडर्सको माथिल्लो तलालाई काँग्रेसले मेयरको सचिवालयका लागि भाडामा लिएको छ ।
स्थानीय तह निर्वाचन आचार सहिताको परिच्छेद ३ मा नेपाल सरकार स्थानीय तह वा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचारणको दफा ८ राजनितिक दल, तीनका भातृ संगठन वा सम्वन्धित व्यक्तिलाई नेपाल सरकार सार्वजनिक संस्था वा स्थानीय तहका भवन अतिथि गृह सभागृह सवारी साधन वा अन्य सामाग्रीहरु प्रयो गर्न दिनु हुदैन भनेर लेखिएको छ । तर धनगढी धनगढी उपमहानगरपालिकाले त्यसको विपरित काँग्रेस कार्यकर्ताहरुलाई आफ्नै सम्पत्ति झै यत्रो स्रोत साधन उपलब्ध गराएको हो ।
‘एउटा पार्टीको सचिवालय स्थापनाका लागि नगरबासीको करबाट संकलन भएको रकमको खुलमखुला दुरुपयोग हुन दुखद हो’ धनगढीका महेश जोशीले भन्नुभयो । जनताले तिरेको करबाट सेवा सुविधा पाउने १२ जनाको जनशक्ति र ट्याक्टरहरु उपमहानगरपालिकाकै कर्मचारी हरिदत्त भट्टको निर्देशनमा त्यसमा खटिएका हुन ।
अहिले धनगढी उपमहानगरपालिको मुख्य वजार क्षेत्रको नालीमा फोहार भरिएको छ भने चोकचोकमा डंगुर लागेको फोहोर हप्तौंसम्म उपमहानगरपालीकाले उठाउदैन । विगत १५ वर्षसम्म उपमहानगरपालिकाको राजनितिक संयन्त्रमा वसेर हजार गुणासम्म कर बढाएको, खोलानाला अतिक्रमण रोक्न सहयोग नगरेको भन्दै आलोचना खेप्दै आएका नृपबहादुर ओडले आफुले जानी जानी त्यसो नगरेको बताउनुभएको छ । ‘प्रचार प्रसारमा धनगढी बाहिर थिए तर कार्यकर्ताले त्यस्तो गरेछन, अब हुदैन’ उहाँले भन्नुभयो ।
धनगढी उपमहानरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम शर्माले गल्ती भएको स्वीकार गर्नु भएको छ । ‘नगरपालिकका कर्मचारीबाट गल्ती भएको पाए । यस बारेमा मुख्य निर्वाचत अधिकृतको कार्यालयले पनि चासो राखेको थियो । अव उप्रान्त यसरी कुनै विवादास्पद कार्यमा नगरपालिकाको स्रोत,साधन प्रयोग नगर्न निर्देशन दिइसकेको छु’ शर्माले भन्नुभयो ।
एलएनचोकको जग्गा सम्याउनका लागि उमपहानगरपालिकाको अरु साधन प्रयोग गर्ने र टेन्ट कुर्सी बोक्नका लागि पनि उमहानगरपालिकाकै ट्याक्टर प्रयोग गर्ने काम भने रोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि त्यसबारेमा बुझ्न अधिकृत पठाएको छ । ‘हामीलाई फोन आएपछि त्यसबारेमा बुझ्न एकजना अधिकृत पठाएक छौं, उहाँको रिपोर्ट आई पुगेको छैन, त्यसो गरिएको हो भने त्यो सरासर आचार संहीताको उलंघन हो’ कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिह महरले भन्नुभयो ।-  अन्नपूर्ण बाट, तस्बिर : शिबराज भट्ट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget