Websoft University

www.radiomakalu.com || 021-522512


चार दिन नेपाल-भारत सीमा बन्द

चार दिन नेपाल-भारत सीमा बन्द
भारतको सुपौलमा आयोजना गरिएको नेपाल-भारत सुरक्षा बैठकमा सहभागी भएपछि बैठकबाट बाहिरिदै सुरक्षा अधिकारी । 

धरान, जेठ २५ गते ।  असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउनका लागि भारतसंग सीमा जोडिएका पूर्वी नेपालका विभिन्न जिल्लामा चार दिन सीमानाका बन्द गर्ने सहमति भएको छ।
निर्वाचन असफल बनाउन विभिन्न अपराधिक समूह सक्रिय रहेको भन्दै नेपाल-भारत दुबै देशका सुरक्षाअधिकारीको संयुक्त बैठकले असार १२ गते देखि १५ गते विहान ६ बजेसम्म सीमानाका बन्द गरी नेपाल-भारत आवतजावतमा रोक लगाउने सहमति भएका हो ।
भारतको विहार राज्य स्थित सुपौल जिल्लामा बुधवार अबेर सम्पन्न नेपाल र भारतका प्रतिनिधिको बैठकले असार १२ देखि १५ गते बिहान ६ बजेसम्म सीमा बन्द गर्ने सहमति गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताउनु भयो ।
नेपाल भारत दुई देशका प्रतिनिधि बीच भएको सहमति अनुसार पूर्वी नेपालका सुनसरी, सप्तरी, सिराहा, मोरङ, झापा, इलामलगायत जिल्लाका सबै सीमा बन्द हुनेछन्।-तस्बिर : अन्नपूर्ण, रत्नप्रसाद आचार्य

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget