Websoft University

www.radiomakalu.com || 021-522512


‘संविधानलाई सर्वस्वीकार्य बनाउनु मेरो काम

‘संविधानलाई सर्वस्वीकार्य बनाउनु मेरो काम

तपाईंको सरकारका मुख्य प्राथमिकता के हुन् ?
लामो संघर्षपछि नेपालमा संविधानसभाको चुनाव भएर जनताले आफ्नो संविधान बनाएको हो । जनताले बनाएको संविधानलाई सफल बनाउनुपर्छ । संविधानलाई सर्वस्वीकार्य बनाएर संविधानको पूर्ण कार्यान्वयन गराउने मेरो पहिलो प्राथमिकता हो । त्यसका साथै आर्थिक समृद्धि र जनस्तर सुधार गर्ने मेरो सरकारको प्राथमिकता हो ।

झन्डै दुई तिहाइ बहुमतबाट प्रधानमन्त्री निर्वाचित हुनुभएको छ अब संविधान संशोधन पास हुने भयो ?
म प्रतिपक्ष दललाई पनि साथ लिएर अघि बढ्नेछु । हामी अझै पनि राजनीतिक संक्रमणमा छौं । केन्द्र, प्रदेश र असार १४ गतेको दोस्रो चरणको निर्वाचन, त्यसपछि केन्द्र र प्रदेशको चुनाव गरेपछि मात्रै संविधानको पूर्ण कार्यान्वयन हुन्छ । त्यसैले प्रतिपक्षको पनि साथ सरकारलाई चाहिन्छ । म त्यसको प्रयासमा हुनेछु । संविधान संशोधन प्रस्ताव पास गराउने अधिकतम पहल हुन्छ । तर, संसद्मा दुई तिहाइ संख्या पुगेपछि मात्रै यो अघि बढ्छ ।

जनताले तपाईंको सरकारबाट के अपेक्षा गर्ने ?
आर्थिक विकास, लगानीको वातावरण बनाएर रोजगारीमा वृद्धि गर्ने मेरो प्राथमिकता हो । यसका लागि मैले स्थानीय तहमै रोजगारी सिर्जना हुनेगरी स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउनेछु । स्थानीय तहबाटै विकास र रोजगारी अघि बढाइनेछ । स्थानीय तहमै रोजगारी दिने गरी जनतालाई अनुभूति गराउने मेरो योजना छ ।

भूकम्पपीडित अझै पालमुनि छन्, उनीहरूका लागि के छ कार्यक्रम ?
भूकम्पपीडितको राहत र पुनर्निर्माणमा अझै समस्या छ । हामी जतिसक्दो चाँडै पुनर्निर्माण सम्पन्न गर्नेगरी अघि बढ्नेछौं । पीडितलाई राहतको प्याकेज पुर्‍याउन पनि तदारुकतासाथ लाग्नेछौं ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget