Websoft University

www.radiomakalu.com || 021-522512


थपिएका स्थानीय तहमा जेठ ३१ गते चुनाव असम्भवः निर्वाचन आयुक्त

प्रश्न- नयाँ स्थानीय तहमा तेस्रो चरणमा चुनाव गर्ने ?



काठमाडौं, जेठ ९ गते  । निर्वाचन आयोगका एक आयुक्तले नयाँ थपिएका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने जनाएका छन् । आयोगका आयुक्त नरेन्द्र दाहालले प्राविधिक कारणले अब जेठ ३१ गते ती नयाँ स्थानीय तहमा निर्वाचन गर्न नसकिने बताएका हुन् ।


आयुक्त दाहालले अनलाइनखबरसँग भने, ‘नयाँ स्थानीय तहको संख्या थपिएको भन्ने सुनेका छौँ, ती स्थानीय तहमा पनि चुनाव गर्ने हो भने जेठ ३१ गते सम्भव छैन ।’

प्राविधिक कारणले नै चुनाव गर्न नसकिने दाहालको भनाइ छ । उनले भने, अब २१ दिनमात्रै बाँकी छ । नयाँ थपिएका स्थानीय तहमा कार्यालय स्थापना गर्ने, कर्मचारी खटाउने, मतदाता नामावली छाप्ने र मतदाता परिचयपत्र छपाएर जेठ ३१ मै चुनाव गर्न अब सम्भव छैन ।

सरकारले दोस्रो चरणको निर्वाचनको मिति सारेर समय थप गरेमा भने सबै ठाउँमा एकैचोटि चुनाव गर्न सकिने आयुक्त दाहालले बताए । अनलाइनखबरसँग कुरा गर्दै दाहालले भने, ‘यो मेरो निजी बुझाइ हो, निर्वाचन आयोगले यसबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।’

राजपालाई छाता दिन सकिँदैन

निर्वाचन आयुक्त दाहालले अब राष्ट्रिय जनता पार्टीलाई उसले मागेको छाता चुनाव चिन्ह दिन नसकिने प्रष्ट पारेका छन् । राजपाको दल दर्ताबारे प्रष्ट पार्दै उनले भने, ‘राजपा भन्ने पार्टी अहिलेसम्म आयोगमा दर्ता प्रक्रियामा आएको छैन ।

उसलाई दर्ता गरेर चुनाव चिन्ह दिन संविधानअनुसार पनि कम्तिमा ५० दिन लाग्छ । त्योअघि उसलाई छाता चिन्ह दिएर चुनाव गराउन सकिँदैन ।

आयुक्त दाहालले भने, ‘राजपालाई दल दर्ता गरेर नयाँ मतपत्र छपाउँदा धेरै समय चाहिन्छ । त्यसो गर्ने हो भने जेठमा चुनाव गर्न सकिँदैन ।’

प्रश्न- नयाँ स्थानीय तहमा तेस्रो चरणमा चुनाव गर्ने ?

आयुक्त दाहालको व्यक्तिगत धारणाजस्तै निर्वाचन आयोगले समेत निर्णय गर्‍यो भने जेठ ३१ गतेको निर्वाचनमा सबै जिल्ला नसमेटिन सक्छन् । त्यो अवस्थामा या त जेठ ३१ को चुनावलाई असारको दोस्रो सातातिर सार्नुपर्ने हुन्छ । चुनाव नसार्ने हो भने तीन चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ ।

थपिएका स्थानमा जेठ ३१ गते चुनाव गर्न सकिँदैन भने के गर्ने गर्ने ? अब चुनाव सार्ने कि तीन चरणमा गर्ने ? यो प्रश्नमा आयुक्त दाहालले कुनै विकल्प दिएनन् । उनले यतिमात्रै भने- थपिएका स्थानीय तहमा प्राविधिक रुपमा पनि जेठ ३१ गते चुनाव गर्न सकिँदैन ।- अनलाइनखबबाट , पुष्प ढुंगाना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget