Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौँ महानगरमा एमालेकै अग्रता


bidhya-sundar-shakya
काठमाडौँ, जेठ ९ गते । काठमाडौँ महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, विवेकशील पार्टीको तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ७३ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १० हजार ३२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३५ हजार ४०५ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले १९ हजार ६४३ प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले पाँच हजार ३९१ र साझा पार्टीका निरुपमा यादवले छ हजार ९७८ मत प्राप्त गर्नुभएको छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडाँै महानगरपालिकामा एक लाख ७२ हजार ६८३ मत खसेको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget