Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री प्रचण्डले आज राजीनामा दिने


दिउँसो १ बजे संसदलाई सम्बोधन गर्ने

काठमाडौं, जेठ ९ गते   । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिने भएका छन् ।


प्रचण्डले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् । प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ ।

सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि प्रचण्ड सरकार केही लम्बियो ।

कांग्रेस र माओवादीबीच बैशाख ३१ को पहिलो चरणको चुनावपछि प्रचण्डले सत्ता हस्तान्तरण गर्ने समझदारी भएको थियो ।

सोमबार बसेको माओवादी हेडक्वाटरको बैठकले पूर्वसमझदारी अनुसार नै प्रधानन्त्रीले राजीनामा दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।

संसदको बजेट अधिवेशन सोमबार सुरु भएको छ । तर,  आज आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । ११ गते राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १५ गते कामचलाउ बजेट ल्याउने सरकारको तयारी छ ।

नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्नु पर्ने भएकाले बजेट कामचलाउ सरकारले नै ल्याउनेछ ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget