Websoft University

www.radiomakalu.com || 021-522512


बिराटनगरमा निर्वाचन सञ्चालन सम्बन्धी क्षेत्रीय प्रशिक्षण



बिराटनगर, जेठ ९ गते  । निर्वाचन अधिकृतहरुको लागि निर्वाचन ब्यवस्थापन तथा सञ्चालन सम्बन्धी क्षेत्रीय प्रशिक्षण बिराटनगरमा शुरु भएको छ ।


दोश्रो चरणको निर्वाचनका लागि मंगलबारबाट निर्वाचनमा खटिएका अधिकृतहरुलाई निर्वाचनको तयारी सम्बन्धी एक दिने प्रशिक्षणको आयोजना गरिएको हो ।

निर्वाचन आयोगको आयोजनामा शुरु भएको प्रशिक्षण कार्यक्रममा एक र दुई नम्बर प्रदेश अन्तर्गतका १६ जिल्लाका ६२ जना निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ ।

कानून तथा संसदीय व्यवस्था मन्त्रालयका सुशिल कोइराला,उपन्यायधिक्ता घनश्याम ओझा र सहसचिव लक्ष्मीप्रसाद यादवले प्रशिक्षणमा सहजिकरण गरेका छन् ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन लक्षित गरी यसअघि पनि १ र दुई नम्बर प्रदेशका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिृकतलाई निर्वाचन ब्यवस्थापन तथा सञ्चालन सम्बन्धी प्रशिक्षण दिएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget