Websoft University

www.radiomakalu.com || 021-522512


पूर्णिमा बनिन् 'किड क्विन'


पूर्णिमा बनिन् 'किड क्विन'
काठमाडौं : सिन्धुपाल्चोककी नौ वर्षीया पूर्णिमा थापाले '१५औं किड् क्विन नेपाल-२०१७' उपाधि हात पारेकी छन् । २७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हुन् । उपाधिसँगै उनले क्राउन र विभिन्न उपहार प्राप्त गरिन् ।नेप्लिज फेसन होमद्वारा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा अल्ड्रिना श्रेष्ठ फस्ट रनरअप र कोहिनुर भारतीले सेकेन्ड रनरअपको उपाधि हात पारे ।
प्रतियोगितामा विभिन्न अन्य उपाधिका लागि समेत प्रतिस्पर्धा भएको थियो । मिस पर्सनालिटीको उपाधि एन्जल कार्कीले, मिस डिसिप्लेनको उपाधि सामना श्रेष्ठले, बेस्ट ड्रेसको उपाधि बियन्का श्रेष्ठले, मिस ट्यालेन्टको उपाधि दियानी केसीले, नेप्लिज फेसन होम सोसियल वेलफेयर चिफको उपाधि सजना खड्काले हासिल गरे ।

सिम इन्नोसेन्ट अजुवी वाग्ले, मिस फ्रेन्डसिप शवनम राउत, मिस चार्मिङ सुयोशा गिरी, बेस्ट स्माइल आयष्मा बाजुराली, बेस्ट स्किन बिरांगना वाग्ले, मिस फोटोजेनिक कृतिका चौधरी र बेस्ट हेयरको उपाधि हेमा लामाले हात पारे ।नौदेखि १३ वर्षका बालिकाहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि १५ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि एवं उद्योगमन्त्री नवीन्द्रराज जोशीले यस्ता प्रतियोगिताले भोलिका कर्णभार बालिकाहरूको क्षमता विकासमा निखार ल्याउने विचार राखे ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget