Websoft University

www.radiomakalu.com || 021-522512


वित्त क्षेत्रमा कर्जा योग्य लगानी अभाव आर्थिक वृद्धिको चुनौती : विश्व बैंक



काठमाडौं,वैशाख २९ गते   । विश्व बैंकले दरो रुपमा फर्किएको नेपालको आर्थिक वृद्धिदरको अगाडी चुनौतीको पहाड रहेको उल्लेख गरेको छ । वित्त क्षेत्रमा देखिएको कर्जा योग्य लगानी अभावलाई पनि यस्तो चुनौतीको रुपमा विश्व बैंकले लिएको छ ।


‘गत वर्ष ९२०१६० कर्जा लगानी सन् २०१२ यता बै उच्चले वृद्धि भयो तर निक्षेपको वृद्धिदर सुस्तियो,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, ‘परिणाम स्वरुप बैंकहरुले कर्जा लगानीको सीमा समेत नाघेको पाइएको छ ।’

विश्व बैंकले हालै नेपालको आर्थिक वृद्धि ७।५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । तर यो प्रक्षेपण भने नेपालको आन्तरिक जोखिममा निर्भर रहने बताएको छ । अस्थिर राजनीतिक वातावरण, संक्रमणकालिन चुनौतीले नेपालको पुँजीगत खर्चमा प्रभाव पार्न सक्ने र सरकारी सेवामा अवरोध पुर्याउन सक्ने भएकोले यसैको कारण वित्तीय क्षेत्रलाई बढि संवेदनशील बनाउन सक्ने विश्व बैंकले उल्लेख गरेको छ ।

नेपालकोे कमजोर निर्यातमा निरन्तरता र रेमिट्यान्स भित्रने क्रममा देखिएको उच्च कमि पनि वृद्धिको चुनौतीको रुपमा रहेको विश्व बैंकले बताएको छ ।

यता, सरकारले बढि खर्च हुने महत्वकाँक्षा राखेको बजेटको खर्च दर नबढेकोमा पनि विश्व बैंकको चिन्ता रहेको छ । यही कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत बराबर रकम सरकारी निक्षेप प्रगोय बिहीन अवस्थामा रहेको बैंकले उल्लेख गरेको छ । हालै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा सरकारको २ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरु चुक्ता पुँजी वृद्धि गर्ने क्रममा रहिरहेको समयमा सरकारी नगद मौज्दात उच्च रहनुले मौद्रिक अवस्थालाई कसिलो बनाउन सक्छ,’ विश्व बैंकले उल्लेख गरेको छ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget