Websoft University

www.radiomakalu.com || 021-522512


भोजपुरमा एमाले कार्यकर्तामाथि माओवादीद्वारा गोली प्रहार

भोजपुरमा एमाले कार्यकर्तामाथि माओवादीद्वारा गोली प्रहार

भोजपुर, वैशाख २९ गते । भोजपुर नगरपालिका १ हेलौछामा माओवादी कार्यकर्ताद्धारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । हिजो बेलुकी साँझ एमाले कार्यकर्ता ३४ बर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ बर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन । घर नजिकै रहेको जंगलमा हिडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए ।


हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए । तामाङ आत्तिएर लडेपछि गोली नलागेको प्रत्यक्षदर्शीले बताएका छन । गोली प्रहारबाट एमाले कार्यकर्ता तामाङको शरीर छेउबाट गोली गएको सामान्य छर्रा लगेको छ । एमाले सम्बद्ध अनेमा संघ नगरकमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेल वीच राजनीतिक बिषयमा यसभन्दा अघि देखि विवाद रहदै आएको थियो ।

गोली प्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोली प्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक काजीकुमार आचार्यले बताए ।

एमालेले आफ्ना कार्यकर्तामाथि गोली प्रहार भएको घटनाप्रति भत्र्सना गरेको छ । नेकपा एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन । एमाले सम्बद्ध भातृसंगठनहरुपनि तामाङ माथि भएको गोली प्रहारको भत्र्सना गर्दै नजिकिदै गएको निर्वाचनलाई भाडन खोजेको आरोप लगाएका छन ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget