Websoft University

www.radiomakalu.com || 021-522512


पत्रकार सहारा उपचार कोषमा १४ लाख





झापा, वैशाख २९ गते। बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि रकम जुट्ने क्रम जारी रहेको छ ।


सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा महासंघले स्थापना गरेको उक्त कोषका लागि हालसम्म १४ लाख रुपैयाँ सङ्कलन भइसकेको नेपाल पत्रकार महासंघ झापाका उपाध्याक्ष तथा कोषका संयोजक एकराज गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ ।



यसैक्रममा बिर्तामोड निवासी व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।बिर्तामोड – ५ निवासी विमली दम्पत्तिले विहीबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई हस्तान्तरण गर्नुभयो ।

यसअघि विहीवार नै उक्त कोषका लागि विर्तामोडका अर्का व्यवसायी सुरेन्द्र मित्तलले २१ ह्जार रुपैयाँ प्रदान गरेको महासंघका सहसचिव केशव भट्टराईले जानकारी दिनुभयो ।-पुर्बेलीन्युजबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget