Websoft University

www.radiomakalu.com || 021-522512


चुनावको सुरक्षार्थ पूर्वबाट १७ सय सुरक्षाकर्मी थपियो



विराटनगर, वैशाख २९ गते । पहिलो चरणमा चुनाव हुन लागेका तीन वटा प्रदेशको सुरक्षार्थ पूर्वबाट एक हजार ७ सय सुरक्षाकर्मी झिकाइएको छ ।


सम्बन्धित प्रदेशमा दरबन्दी भएका सुरक्षाकर्मीहरुको संख्या कम भएपछि सुरक्षा प्रयोजनका लागि थप सुरक्षाकर्मी पहिलो चरणको चुनाव हुने प्रदेशमा खटाइएको हो ।

आइतबार हुने चुनावका लागि एक हजार जना सशस्त्र प्रहरी र ७ सय जना नेपाल प्रहरपठाइएको हो ।

केन्द्रीय सुरक्षा समितिको माग अनुसार निर्वाचन सुरक्षा प्रयोजनका लागि एक हजार सशस्त्र पठाइएको सशस्त्र प्रहरीको पूर्वी मुख्यालका सशस्त्र प्रहरी नायव महानिरीक्षक जानकीराज भट्टराईले जानकारी दिए ।

यस्तै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले बुथ कमाण्डरको नेतृत्व लिने गरी प्रहरी निरीक्षकदेखि जवानसम्मका जनशक्ति निर्वाचन सुरक्षाका लागि पठाइएको बताए ।

भट्टराईका अनुसार केन्द्रवाट माग भए अनुरुप पूर्व क्षेत्रीय प्रहरी कार्यालय मातहत अन्तर्गत तालिम केन्द्र गण, र जिल्ला प्रहरी कार्यालयवाट जनक्ति व्यवस्थापन गरी थप मदतका लागि पठाएको हो ।

राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीजस्ता चारओटा सुरक्षा निकाय निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने गरी व्यवस्था मिलाइएको छ ।

सामान्य, संवेदनशील, अतिसंवेदनशील गरी तीनओटा क्षेत्र छुट्याई सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइने सरकारले जनाएको छ ।

सशस्त्र प्रहरीको तर्फबाट पहिलो चरणको निर्वाचनका लागि ३० हजार सशस्त्र प्रहरी खटिनेछन् । त्यसैगरी २२ हजार ६९९ नेपाल प्रहरी र २२ हजार ६९९ म्यादी प्रहरी परिचालन हुनेछन् ।

वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ का ४३ जिल्लाका ४ महानगरपालिका १ उपमहानगपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकाका २५ सय ५८ वडामा स्थानीय तहको चुनाव हुँदै छ ।

कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका यी तीन प्रदेशका लागि ६ हजार ६४२ मतदाता केन्द्र तय गरिएको छ ।- अनलाइनखबरबाट ,   ध्रुब भट्टराई

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget