Websoft University

www.radiomakalu.com || 021-522512


बाँकेका होटलमा लगानी थपिए



नेपालगञ्ज, जेठ १० गते । समग्र पश्चिम नेपालको व्यापारिक तथा आर्थिक केन्द्र बनेको बाँकेमा भारतीय पर्यटकलगायत अन्य विदेशी तथा स्वदेशी पर्यटकसमेतको चाप बढ्न थालेपछि होटलहरूमा एक अर्ब बढी लगानी थप गरिएको छ । जिल्लाको नेपालगञ्ज र कोहलपुरमा सञ्चालनमा रहेका आधा दर्जन बढी ठूला होटलले एक यो लगानी थप भएको हो ।
पछिल्लो समयमा होटेल व्यवसाय राम्रो हुँदै गएपछि ग्राहक आकर्षित गर्ने उद्देश्यले ती होटेलले लगानी दोब्बर गर्दै होटललाई झन् सुविधासम्पन्न बनाएका हुन् ।
ठूलो परिमाणका स्वदेशी र विदेशी नागरिकलाई लामो समयदेखि सेवा दिइरहेको होटल सिद्धार्थ भ्यूले करिब ५० करोड, किचन हट होटलले १५ करोड, होटल वाटिकाले १० करोड र होटल स्नेहले १५ करोड लगानी थप गरेको जनाएका छन् । यीबाहेक जिल्लाका अन्य केही ठूला होटलले पनि १० करोड रुपियाँ थपेर आफ्ना होटलको स्तरोन्नति गरेका छन् ।
स्थापनाको पाँच वर्षमै होटल सिद्धार्थ भ्यूले ग्राहक आकर्षित गर्न लगानी बढाएर होटललाई धेरै ठूलो बनाएको छ । तीन तारेको मान्यता पाएर सञ्चालनमा रहेको उक्त होटलले थप सेवा विस्तार गरेर करिब ५० करोड लगानी थपेको छ ।
होटेलका प्रबन्धक कृष्ण भण्डारीले सेवा, सुविधाको स्तर वृद्धि गर्न सो लगानी थपिएको जानकारी दिनुभयो ।
होटलमा अहिले करिब १५० जनालाई बास बसाउन सक्ने पूर्वाधार छ भने अहिले बनेको नयाँ भवन सुरु गरिेएमा सो सङ्ख्या दोब्बरभन्दा बढी पुग्नेछ ।
मध्य तथा सुदूरपश्चिमका पर्यटकीयस्थल घुम्न आउने स्वदेशी र विदेशी पर्यटक तथा सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रममा आउने पाहुना होटलको मुख्य आयस्रोत हुन् । होटेलभित्र रहेको स्वीमिङ पुललगायत प्रत्येक शुक्रबार पाहुनाहरूका निम्ति गरिने साङ्गीतिक गजल साँझ आकर्षणको केन्द्र भएको प्रबन्धक भण्डारीको दाबी छ ।
यसैगरी चार वर्षअघि करिब १२ करोड लगानीमा सञ्चालनमा आएको होटल किचन हटले पनि बासका लागि कोठाको सङ्ख्या बढाउन दोस्रो तला थप्दैछ, भने स्वीमिङ पुल, थप अर्को सेमिनार हल बनाउनका लागि १५ करोड लगानी थपिरहेको जनाएको छ ।
होटलका प्रबन्धक ज्ञानेन्द्र विष्टले होटेलको स्तर वृद्धि गरेर होटललाई यस क्षेत्रकै नमुना बनाउने उद्देश्यले लगानी थपिएको जनाउनुभयो । प्रसिद्ध मानसरोवरलगायत यस क्षेत्रको पर्यटकीयस्थलमा घुम्न जाने भारतीय पर्यटकहरू होटलमा बास बस्न आउने गरेको विष्टले बताउनुभयो ।
सोही प्रकारले सुर्खेत रोडमा रहेको पुरानो होटल स्नेहले गएको वर्ष करिब १५ करोडभन्दा बढीको लगानीमा स्तरवृद्धि गरेको छ । उक्त होटलले स्वीमिङ पुल निर्माण गर्नुका साथै कोठा र सेमिनार हलको क्षमता विस्तार
गरेको छ ।
होटल प्रबन्धक प्रकाश ढकालले यसअघि १९ वटा कोठामा सीमित होटलमा दोब्बर बढी सुविधायुक्त कोठा थपिएको र लगानी पनि दोब्बर बढी लगाइसकेको जानकारी दिनुभयो ।
भारतीय धार्मिक पर्यटकलाई नै दृष्टिगत गरेर निर्माण गरिएका अन्य आधा दर्जन जति ठूला लगानीका नयाँ होटल पनि सञ्चालनको तयारीका रहेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget