Websoft University

www.radiomakalu.com || 021-522512


कामपामा तेह्र हजार मतले एमाले अगाडि


bidhya-sundar-shakya
काठमाडौँ, जेठ १० गते   । काठमाडौँ महानगरपालिकामा एक लाख ३२ हजार ८८६ मतगणना गर्दा नेकपा (एमाले)ले ४४ हजार ३२१ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।

अहिलेसम्मको मतगणना हेर्दा कामपामा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्यले ४४ हजार ३२१ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले ३० हजार ९७० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १६ हजार ६१ र साझाका किशोर थापाले १२ हजार ५७ मत प्रप्त गरिएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४० हजार १०५, राप्रपाका राजाराम श्रेष्ठले २४ हजार १०३, साझा पार्टीका तर्फबाट निरुपमा यादवले सात हजार ७९० मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ५५८ मत प्राप्त गरेका छन् ।

तत्कालका लागि ४, १८, २० र ३२ नं वडाको जम्मा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ भने १०, १४ र १६ नं वडाको मतगणाना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget