Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डले बोलाएको बैठकमा ओली गएनन्, सिंहदरबारबाटै राजीनामा दिने तयारी



काठमाडौं, जेठ १० गते  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।


अब संसद सुचारु नभए सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन र प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन् ।

संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, एमाले अध्यक्ष ओली गएनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरे । तर, एमाले अध्यक्ष नगएपछि बैठक नै हुन सकेन ।

अहिले तीन दलका नेताहरु संसदमा छन् । तर, तीन दलको बैठक बस्न सकेको छैन ।

सहमतिको प्रयास असफल भए प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget