Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने




काठमाडौं,  जेठ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।


अपराहृन ४ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन ।

लगातार दुई दिन संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । अब प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने स्रोतले बताएको छ ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget