Websoft University

www.radiomakalu.com || 021-522512


दोर्दी हाइड्रोको विद्युत् उत्पादन अवधि लम्बिदै, रेटिङ पनि घट्यो



काठमाडौं, जेठ १० गते  । हिमाल पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दी हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको व्यवसायिक उत्पादन अवधि लम्बिने भएको छ ।
२५ मेगावाटको दोर्दी हाइड्रोको लागि बनाइएको टनेलको २५ पतिशत काम मात्र मार्च २०१७ सम्ममा सम्पन्न भएको छ । जबकी टनेल निर्माण सम्पन्न गर्ने लक्ष्य नै २०१६ डिसेम्बरसम्म राखिएको इक्रा नेपालले उल्लेख गरेको छ ।
यही कारण कम्पनीले जारी गर्न लागेको प्राथमिक सेयरको लागि यस अघि दिएको ग्रेड फोर प्लस रेटिङ घटाएर ग्रेड फोरमा सिमित पारेको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
कम्पनीको निर्माणमा ढिलाइले ट्रान्समिसन लायन निर्माणमा पनि ढिलाई हुन सक्ने र व्यवसायिक विद्युत् उत्पादन सकेत लम्बिन सक्ने इक्राले उल्लेख गरेको छ ।
कम्पनीले माघमा स्थानीयको लागि सेयर जारी गरिसकेको छ । दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।
लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी हाइड्रोपावर निर्माण गर्ने तयारीमा रहेको हिमाल पावरले सेयर निष्कासनबाट संकलित रकम यसमा लगानी गर्ने उदेश्य लिएको छ । कुल ४ अर्ब २३ करोड लागत रहने यो आयोजना ७५ प्रतिशत कर्जा लगानी र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो ।
यो आयोजनाको अनुमती २१०३ साउनसम्म रहने छ । आयोजना निर्माण २०७१ पुसदेखि २०७५ जेठमसान्तसम्म रहेको छ । ओयाजनाबाट व्यवसायिक उत्पादन मिति २०७४ असार १ गते रहेको छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget