Websoft University

www.radiomakalu.com || 021-522512


कैलाली सेमिफाइनलमा

कैलाली सेमिफाइनलमा
रुस्लान अत्तरिया कप क्रिकेटको आइतबार भएको खेलमा वाराविरुद्ध व्याटिङ गर्दै कैलालीकी मञ्जु बोगटी । तस्बिर : अन्नपूर्ण



कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई आठ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनायो । समूह 'बी' मा रहेका कैलाली र बाराले आफ्नो पहिलो खेलमा पराजय भोगेका थिए ।
सोमबार हुने पहिलो सेमिफाइनलमा समूह 'ए' को विजेता एपीएफ र समूह 'बी' को उपविजेता कैलालीबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी समूह 'बी' को विजेता राइजिङ क्रिकेट वुमनले समूह 'ए' को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । अत्तरियास्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६७ रनमात्र बनाउन सकेको थियो ।

बाराका लागि सरस्वती पुनले १९ र ममता चौलागाईंले १० रन बनाए । अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् । कैलालीकी बलर सुमन विष्टले दुई विकेट लिइन् । कविता कुँवर, अञ्जली चन्द र लक्ष्मी साउदले पनि एकएक विकेट हात पारे । ६८ रनको विजय लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले १२ ओभरमा केवल दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
कैलालीका लागि मञ्जु बोगटीले अविजित ३३ रनको योगदान गरिन् । कविता कुँवरले पनि २२ रन जोडिन् । बाराकी बलर सामना पुनले एक विकेट लिइन् । उक्त खेलमा उत्कृष्ट ब्याटिङ गरेकी कैलालीकी मञ्जु बोगटी उमन अफ दी म्याच घोषित भइन् । उनले तीन हजार रुपैयाँ पुरस्कार पाइन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget