Websoft University

www.radiomakalu.com || 021-522512


उपप्रधानसहित गच्छदार सरकारमा सहभागी हुँदै, सपथ ग्रहण आजै

उपप्रधानसहित गच्छदार सरकारमा सहभागी हुँदै, सपथ ग्रहण आजै

काठमाडौं,  वैशाख २५ गते । विजयकुमार गच्छदार नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने भएको छ।
पार्टी कार्यालय तीनकुनेमा सोमबार बसेको फोरमको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अध्यक्ष गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो।

गच्छदारले उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी पाउनु हुनेछ।  चौधरीका अनुसार पार्टीका तर्फबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीको नाम भने टुंगो लाग्न बाँकी छ।  सरकारमा सहभागी हुने मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम साढे पाँच बजेका लागि शीतल निवासमा तय गरिएको छ। लोकतान्त्रिक फोरमले यसअघि राप्रपाले पाएका तीन मन्त्रालय पाउने छ।
फोरमले उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकाससहित नागरिक उड्डयन तथा पर्यटन र भूमि सुधार मन्त्रालय पाउने छ। कमल थापाको नेतृत्वमा सरकारमा सहभागी भएको राप्रपा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको थियो।
राप्रपा सरकारबाट बाहिरिएपछि गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नु भएको थियो। प्रधानमन्त्री दाहालको आग्रहपछि लोकतान्त्रिक फोरम तीन मन्त्रालयसहित सरकारमा सहभागी हुन तयार भएको हो।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget