Websoft University

www.radiomakalu.com || 021-522512


महन्थलाई प्रचण्ड र उपेन्द्रबाट धोका

महन्थलाई प्रचण्ड र उपेन्द्रबाट धोका

                               आन्दोलनका कार्यक्रम बनाउन संघीय गठबन्धनको बैठक बस्दै


काठमाडौं,  वैशाख २५ गते ।  निर्वाचनमा आयोगमा पार्टी दर्ता गराउन बिधान र घोषणापत्र बनाउने गृहकार्य गरिरहेको राष्ट्रिय जनता पार्टी नेतृत्वमा रहेको संघीय गठबन्धनले आगामी रणनीति बनाउँदै छ ।
बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन भन्दा अगाडि संविधान संशोधन गराउने आश्वसन दिनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्म स्थगित गर्न लगाएर आफूहरुलाई धोका दिएको भन्दै गठबन्धनले आगामी रणनीति बनाउन लागेको हो ।
राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा अपरान्ह बस्ने बैठकले समग्र राजनीतिक परिस्थितिको समीक्षा गरी आगामी आन्दोलनका कार्यक्रमका बारेमा छलफल गर्नेछ ।
सो पार्टीका नेता केशव झाका अनुसार प्रधानमन्त्री प्रचण्डले भद्र सहमति तोडेर संसदको बैठक जेठ ४ गतेसम्म स्थगित गर्न लगाएपछि धोका भएको छ । ‘हामीसँग पहिलो चरणको निर्वाचन भन्दा पहिले नै संविधान संशोधन गर्ने भद्र सहमति भएको थियो । तर जेठ ४ गतेसम्मका लागि संसदको बैठक स्थगित गरेपछि त्यो संभावना रहेन,हामी माथि धोका भयो’ नेता झाले अन्नपूर्णसँग भन्नुभयो ‘अव हामी दोस्रो चरणको निर्वाचनमा सहभागी हुने संभावना कम छ ।’

संघीय गठबन्धनका संयोजक रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको निर्वाचनमा सहभागी हुने निर्णयगरेछि उहाँबाट पनि धोका भएको ठहर राष्ट्रिय जनता पार्टीले गरेको छ । ‘उहाँ आत्मालोचना गरेर आउनु भएन भने उहाँ अव गठबन्धनमा रहनुहुन्न । उहाँबाट पनि हामीलाई धोका भयो’ झाले भन्नुभयो ‘संघीय गठबन्धनको निर्णय विपरित उहाँहरु चुनावमा सहभागी भएपछि उहाँ अव हामीसँग रहनुहुन्न ।’- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget