Websoft University

www.radiomakalu.com || 021-522512


वन्दरगाह प्रयोग गर्न पाउने वातावरण बनाउन नेपाल र बंगलादेशका सरकारको ध्यानाकर्षण

वन्दरगाह प्रयोग गर्न पाउने वातावरण बनाउन नेपाल र बंगलादेशका सरकारको ध्यानाकर्षण

                         बंगलादेशका सभामुखलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौं,  वैशाख २५ गते । सभामुख ओनसरी घर्तीले वंगलादेशको दक्षिणपूर्वी चितगाउँ बन्दरगाहलाई नेपालले छिटै प्रयोग गर्न पाउने वातावरण बनाउन नेपाल र बंगलादेशका सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आफू अन्तर व्यवस्थापिका संघको बैठकमा जाने वेला चितगाउँको भ्रमण गरेको स्मरण गराउँदै सभामुख घर्तीले नेपाल र बंगलादेश सरकारले आवश्यक थप समझदारी बनाएर सो बन्दरगाह नेपालले प्रयोग गर्न पाउने वातावरण सिर्जना गर्नु पर्ने बताउनु भएको हो ।
आइपीयुका अध्यक्ष तथा बंगलादेशका साँसद सावर होसिन चौधरीसँग सोमबार आफनै कार्यकक्ष सिंहदरवारमा भएको भेटमा सभामुख घर्तीले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । बंगलादेश र नेपालको संसद–संसद र सांसद–सांसद वीचको सम्वन्ध अझ बलियो र बाक्लो बनाउनु पर्ने धारणा राख्दै बंगलादेशका सभामुखलाई नेपाल भ्रमणको निम्तो समेत सभामुख घर्तीले दिनु भएको छ ।
स्वदेश फर्कनु अघि आइपीयूका अध्यक्ष चौधरीले नेपालको व्यवस्थापिका संसदमा भइरहेका काम र समसायिक परिस्थितिका बारेमा चासो व्यक्त गरेको सभामुख घर्तीको नीजि सचिवालले जनाएको छ । सो सचिवालयका अनुसार विश्वका केही देशमा संसदलाई असजिलो पार्नेगरी काम भईरहेको स्मरण गराउँदै अध्यक्ष चौधरीले ती देशहरुमा छिट्टै आइपीयूले अध्ययन गरेर समस्या समाधानको पहल गर्ने बताउनुभयो । ‘संसदलाई अप्ठ्यारो पार्ने अवस्थामा सिर्जना भएमा आइपीयु सधै संसदको पक्षमा उभिनेछ ’ चौधरीले भन्नु भएको थियो ।
सभामुख घर्तीले नेपालको समसामयिक अवस्थावारे जानकारी गराउँदै केही दिन भित्रै स्थानीय तहको चुनाव हुन गईरहेको र यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताउनु भयो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget