Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्तिका केन्द्रीय नेता माओवादी केन्द्रमा

नयाँ शक्तिका केन्द्रीय नेता माओवादी केन्द्रमा


काठमाडौं,  वैशाख २५ गते ।  नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्कनु भएको छ ।सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी आफू माओवादी केन्द्रमै सक्रीय रहने जानकारी दिनुभएको हो।
पोखराको गुरुङ समुदायका जीतबहादुर पोखरामा मामा नामले प्रख्यात छन् । माओवादी युद्धकालदेखि नै माओवादीको संगठन निर्माणमा क्रियाशील रहँदै आउनु भएका गुरुङ पछिल्लो समय नयाँ शक्तिमा क्रियाशील थिए।
आशा गरेका नेता डा. बाबुराम भट्टराई उपेन्द्र यादवको पछि लागेको र नयाँ शक्तिले देशको बैकल्पिक धारको नेतृत्व गर्न नसक्ने भएकाले आफू माओवादी केन्द्रमै फर्किएको गुरुङले बताउनु भयो । प्रचण्ड नेतृत्व सरकारको कामबाट आफू प्रभावित भएको भन्दै गुरुङले विकास र समृद्धिको नेतृत्व गर्ने क्षमता माओवादीसँग मात्रै भएको बताउनु भयो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget