Websoft University

www.radiomakalu.com || 021-522512


सरकारबाट बाहिरिए पनि राप्रपाले संशोधनको पक्षमा भोट हाल्ने


सरकारबाट बाहिरिए पनि राप्रपाले संशोधनको पक्षमा भोट हाल्ने
काठमाडौ, बैशाख २०  गते ।  सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिए पनि संविधान संशोधनकै पक्षमा भोट हाल्ने भएको छ ।

राप्रपाका प्रमुख सचेतक एवम् निवर्तमान पर्यटनमन्त्री दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पारे । उनले भने,‘मुलुकको निकासको लागि ल्याईएको संशोधन प्रस्तावको पक्षमा हामीले भोट हाल्ने निर्णय गरेका छौं, हामी सरकारमा नभएपनि हाम्रो पूर्ववर्ती निर्णय यथावत छ ।’

गिरीले सरकारका प्रमुख घटक काँग्रेस र माओवादी केन्द्रले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुअघि आफ्नो पार्टीसँग कुनै छलफल तथा सल्लाह नै नगरेको गुनासो पोखे ।

उनले भने,‘हाम्रो पार्टी यो सरकारको तेस्रो ठूलो घटक थियो, तर महाअभियोग ल्याउनेबारे हामीसँग कुनै छलफल नै गरिएन, यो प्रस्ताव गैरसंवैधानिक र अप्रजातान्त्रिक छ, हामी विपक्षमा मतदान गछौं, पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेपछि सरकारमा बसिरहनुको कुनै औचित्य हुँदैन्थ्यो ।’

उनले स्वतन्त्र न्यायापालिकामाथि महाअभियोग प्रस्ताव दर्ता हुनु दुःखद भएको टिप्पणी गरे ।-
रातो पाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget