Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने


Bidhya-Devi-Bhandari
काठमाडौँ, वैशाख २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुग्नुभएको उहाँका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीको नाम काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा रहेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget