Websoft University

www.radiomakalu.com || 021-522512


भोट दिन, नोट नलिन आग्रह


ayudhi p yadav
काठमाडौँ, वैशाख २१ गते ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले योग्य उम्मेदवारलाई ‘भोट दिन तर नोट नलिन’ आग्रह गर्नुभएको छ ।  “मतदातालाई प्रभावमा पार्न कुनै उम्मेदवारले नोट पनि दिन सक्छन् तर नोट नलिनुहोला”, उहाँले मतदातासँग अनुरोध गर्नुभयो ।
‘बहिरा नागरिकका लागि स्थानीय निर्वाचन’सम्बन्धी बुधबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उहाँले मनोनयनपछि उम्मेदवार निकै उत्साहपूर्वक र खुसियालीसहित आफ्नो दलको झन्डा र चुनावचिह्नमा निर्वाचन प्रचारप्रसारमा लागेको जानकारी दिनुभयो ।  उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको छ भन्दै सामाजिक र
सांस्कृतिक रूपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारका क्रममा एकअर्कामा होच्याउने र अवहेलना गर्न कार्य नगर्न उम्मेदवारहरूसँग अनुरोध गर्नुभयो ।
उम्मेदवारहरूले मनोनयन दर्ता गर्नुअघि भगवान्सँग आशीर्वाद लिएर जानुभएको छ, अब उहाँहरूले कानुनको बर्खिलाप गर्नुहुन्छ भन्ने मलाई लाग्दैन भन्नुहुँदै प्रमुख आयुक्त यादवले अहिले नै कानुन उल्लङ्घन गर्नुहुन्छ भने निर्वाचित भएपछि झन् उहाँहरूले कसरी कानुन पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिनुभयो ।
निर्वाचनको वातावरण र सुनिश्चितताका लागि अतुलनीय योगदन पु¥याएको भनी आमसञ्चार माध्यमको प्रशंसा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा हुनसक्ने तडकभडक र आचारसंहिता पालना गरे÷नगरेको बारे अनुगमन र निगरानी गर्न सुझाव दिनुभयो ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बाजागाजासहित शान्तिपूर्ण र उत्साहित रूपमा भएको उम्मेदवारी मनोनयनले निर्वाचनसम्बन्धी सबै द्विविधालाई शान्त पारेको बताउनुभयो ।  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget