Websoft University

www.radiomakalu.com || 021-522512


महाअभियोग प्रस्ताव आज संसद्मा पेस हुने


sushila karki_2
काठमाडौँ, वैशाख २१ गते ।  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव बिहीबार संसद्मा पेस हुने भएको छ ।  संसद् सचिवालयले प्रस्ताव पेसलाई सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसद्मा पेस भएको प्रस्तावमा छलफलको मिति तोकिने बताउनुभयो ।  बिहीबार पेस हुने प्रस्तावको छलफलको मिति बैठकबाट सभामुख ओनसरी घर्तीले तोक्नुहुनेछ ।
सभामुखले तोक्नुभएको समयअनुसार प्रस्तावमा छलफल सुरु हुनेछ ।  छलफलको प्रक्रियापछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइनेछ ।  सिफारिस समितिको आवश्यक छानबिनपछि प्रतिवेदन पुनः संसद्मा नै पेस हुनेछ ।  समितिलाई बढीमा एक महिनाको समय रहनेछ ।  समितिले पेस गरेको प्रतिवेदनमा संसद्मा मत विभाजन हुनेछ ।
वैशाख १७ गते सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।  नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश तथा कुनै पनि न्यायाधीशमाथि महाभियोग दर्ता भएको पहिलोपटक हो ।  कार्कीमाथि कार्यकारीको अधिकार क्षेत्रमा प्रवेश गरेको प्रमुख आरोप छ ।-नारायण काफ्ले


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget