Websoft University

www.radiomakalu.com || 021-522512


महानिरीक्षक नियुक्ति विवादको सुनुवाइ आज पनि स्थगित

nepal sarwoch adalatको लागि तस्बिर परिणाम


काठमाडौं , वैशाख २ ८ गते । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । सर्वोच्च प्रशासनले मुद्दा दैनिक पेसी सूचीमा राखेको छैन । मुद्दाको सुनुवाइ स्थगित भएको यो दोस्रो पटक हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरणपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन । चैत ३० गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी स्थगित गर्न नमिल्ने गरी मुद्दाको सुनुवाइ १९ वैशाखका लागि तोकेको थियो ।

तर, सोही मुद्दाको प्रकरणलाई लिएर प्रधानन्यायाधीश कार्कीमाथि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले महाभियोग दर्ता गरेपछि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दाको सुनुवाइ स्थगित गरेका थिए ।

अदालतको वैशाख २१ गतेको आदेश अनुसार प्रधानन्यायाधीश कार्की पुनः अदालत फर्किए पनि मुद्दा हेरेकी छैनन् । पेसी तोक्ने काम गरे पनि कार्कीले बिहीबारका लागि तोकिएको प्रहरी महानिरीक्षक बढुवाको मुद्दा दैनिक पेसी सूचीमा स्थगित गरेकी हुन् ।

सरकारले गत फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही दिन सर्वोच्चको एकल इजलासले चन्दको नियुक्ति कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । आइजीपीको प्रत्यासी नवराज सिलवाल समेतको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले चैत ८ गते कार्यसम्पादनका आधारमा सिलवाल ज्येष्ठ रहेको भन्दै चन्दको नियुक्ति बदर गरेको थियो ।

तर, सरकारले अदालतको आदेशअनुसार पुनः कार्यसम्पादन मूल्यांकनमा डीआईजी प्रकाश अर्याल पहिलो नम्बरमा रहेकाले उनलाई चैत २८ महानिरीक्षकमा नियुक्ति गरेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget