Websoft University

www.radiomakalu.com || 021-522512


मतदाता शिक्षा प्रभावकारी देखिएन, ठूलो मतपत्रले मतदातामा अन्योल

 

काठमाडौं , वैशाख २८ गते । वरिपरि नेपालका प्रमुख ३ पार्टीका वडा कार्यालय छन् । पार्टीका झण्डा तोरण टाँगिएझैं टाँगिएका छन् त्यही क्षेत्रमा खोलिएको एक किराना पसल अगाडि कृष्णकुमारी महर्जन नमुना मतपत्र हेर्दै थिइन्, उनलाई चुनाव चिन्ह चिनाउन उनकी बुहारीले सघाइरहेकी थिइन् ।
“यो सूर्य हो, घाम ! नेकपा एमाले पार्टीको चुनाव चिन्ह,” कृष्णकुमारीकी बुहारी मनिता महर्जनले चर्किरहेको घाम र नजिकै रहेको नेकपा एमालेको वडा कार्यालयलाई देखाउँदै आफ्नी सासुलाई भनिन्, “के गर्नु पार्टी कार्यालयहरुको नजिकै बसेको भए पनि कसैले आमालाई कसरी भोट हाल्ने भनेर सिकाएका छैनन् । उनीहरुले खाली आ–आफ्नो पार्टीको चिन्हमा भोट हाल्नु है भने । आमाले पनि हुन्छ भन्नुहुन्थ्यो तर अहिले नमुना मतपत्र देखाउँदा अलमलमा पर्नुभयो ।”
देशलाई चुनावी महोलले छोपिसक्दा र भोट हाल्न २ दिनमात्रै बाँकी रहँदा अझै पनि काठमाडौंभित्रकै मतदाताहरुलाई भोट हाल्ने तरिकाबारे थाहा छैन । कृष्णकुमारीजस्ता वृद्ध अवस्थाका मतदाताहरुलाई पार्टीहरुले आफूलाई भोट हाल्न आग्रह गरे पनि यसबारे केही पनि सिकाएका छैनन् ।
“सबैजना मलाई नै भोट हाल्नुस् है आमा भन्दै आए अहिले बुहारीले छाप हान्ने कागज देखाउँदा म अलमलमा पर्यो । यति धेरै चिन्ह छ कुनै मादल, कुनै रुख, कुनै सेलरोटी, कुनमा हाल्ने हाल्ने भयो,” कृष्णकुमारीले हाँस्दै भनिन् ।
कृष्णकुमारी बसेको घर पुग्नलाई दमकल चोक झरेर मानेलाई दायाँ पारेर जाँदा नजाँदै कांग्रेसको ८ नम्बर वडाको सम्पर्क कार्यालय छ, जहाँ मेयरका उमेदवार पनि बस्छन् । हामी पुगेको समयमा भने उनी बुङ्मती कार्यक्रमको लागि पुगेका रहेछन् । कृष्णकुमारीको घरबाट १० पाइला पनि नहिँड्दै नेकपा एमालेको कार्यालय पुगिन्छ भने १ मिनेट हिँड्यो भने नेकपा माओवादीको सम्पर्क कार्यालय छ तर पनि उनलाई भोट हाल्ने तरिकाबारे थाहा छैन ।
यता निर्वाचन आयोग भने आफूले मतदाता शिक्षा अभियान चलाइरहेको र यो निकै प्रभावकारी भइरहेको दाबी गर्छ । अझ पार्टीहरुले पनि मतदाता शिक्षा चलाइरहेकोले पनि मत बदर हुने सम्भावना कम भएको तर अघिल्लो संविधान सभा चुनावको तुलनामा बढी मत बदर हुनेमा निर्वाचन आयोग विश्वस्त छ ।
“हामीले अघिल्लो चुनावको तुलनामा बदर मतको संख्या घटाउन सक्छौं भन्ने अवस्था नै छैन । पहिलेको तुलनामा अहिलेको मतपत्र धेरै ठूलो पनि छ भने धेरै चिन्ह पनि छन् । तर हामी बदर मत घटाउने प्रयासमा छौं र राजनीतिक पार्टीहरुले पनि हामीलाई यसमा सघाउने भनिरहनु भएको छ,” निर्वाचन आयुक्त इला शर्माले भनिन् ।
बुधवारमात्रै पनि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलको चुनावी प्रचारको लागि समय बिहीबारदेखि सकिने तर मतदाता शिक्षाको लागि समय अझै पनि बाँकी रहेको बताएका थिए । 
साक्षरता दर उच्च रहेको ललितपुरमै पनि मतदाता शिक्षा प्रभावकारी देखिएको छैन ।
“कोही पनि आएन मलाई भोट कसरी हाल्ने भन्ने सिकाउनलाई । सबैजनाले मलाई यसमा भोट हाल्नु मात्रै भने । बुहारीले पनि मलाई आइतबार छाप लगाउने कागज यो भन्दा ठूलो हुन्छ भनेको छ, म त जुनमा मन लाग्यो त्यसमा छाप लगाएर आउँछु,” कृष्णकुमारीले भनिन् । - बाह्रखरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget