Websoft University

www.radiomakalu.com || 021-522512


फेसबुक र ट्वीटरबाट चुनाव प्रचार गर्दै हुनुहुन्छ ? मध्यरातपछि होसियार !

सामाजिक सञ्जाललाई समेत लाग्नेछ मौन अवधिको आचारसंहिता

 
काठमाडौं , वैशाख २८ गते । फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत आफूले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार-प्रसार गर्ने र विपक्षीको उछितो काढ्नेहरुले आज मध्यरातपछि होसियार हुनुपर्नेछ ।

मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने भएकाले मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनुपर्नेछ ।

उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एस.एम.एस, फेसबुक, ट्वीटर, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन कानुनमा उल्लेख छ ।
यदि आचारसंहिता उल्लंघन गरेको सन्दर्भमा उजुरी परेमा त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निर्वाचन आयोगले कारवाही गर्नेछ ।

स्थानीय तहको निर्वाचनमा सामाजिक फेसबुक, ट्वीटर, यु ट्युवजस्ता सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य साधन बनाएका दल तथा उम्मेदवारहरुले पनि मौन अवधिमा यी माध्यम प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget