Websoft University

www.radiomakalu.com || 021-522512


यी घरेलु वीधीले गायब हुन्छ मृगौलाको पथरी



मृगौलामा पथरी हुने संभावना धेरैलाई हुन्छ । यस अंगमा स-सना कण बनेर एकअर्कामा जोडिएपछि पथरीको रुप लिन्छ । पथरी मृगौलामा एक वा त्यो भन्दा बढी हुनसक्छ । सामन्यतः यो एकदमै सानो आकारको हुन्छ, जो पिसाबमार्गबाट स्वतः वाहिर निस्कन्छ । तर, यसको अकार ठूलो भयो भने मुत्रमार्गमा रोकावट आउँछ । यसले गर्दा जलन, दुखाई वा रक्तश्राव हुनसक्छ ।


किन हुन्छ ?

खराब जीवनशैली, लामो समय घाममा बस्ने र शरीरमा पानीको अभाव, शारीरिक गतिविधिको अभाव, अधिक चिया-कफी सेवन, धेरै तारेको, भुटेको खानेकुरा, पिसाब धेरै समय रोक्ने जस्ता गल्तीले मृगौलामा पथरी हुनसक्छ ।

कस्तो लक्षण देखिन्छ ?

चक्कर आउनु, वान्ता हुनु, मूत्रमार्ग आसपास दुख्नु, लगातार पिसाब लागेको जस्तो हुनु, पिसाबसँगै रक्तश्राव हुनु ।

के छ घरेलु उपचार ?

– एक गिलास पानीमा दुई चम्चा गाजरको बीज भिजाउने । यसलाई त्यसबेलासम्म उमाल्ने, जब घटेर आधा हुँदैन । दिनमा दुई पटक आधा-आधा कप यो पानी पिउनुपर्छ, मृगौलाको पथरी निस्कन्छ ।

–   एक कप पानीमा १०-१२ वटा तुलसीको पात १५ मिनेटसम्म उमाल्ने । यसमा एक चम्चा मह मिसाउने र दिनमा दुई पटक पिउने ।

–   ७० ग्राम राजमा चार लीटर पानीमा चार घण्टासम्म उमाल्ने । यसलाई सफा कपडाले छान्ने र आठ घण्टासम्म चिसो हुन दिने । यस पानीलाई दिनमा एक पटक पिउनुपर्छ ।- आर्युबेदिक चिकित्सा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget