Websoft University

www.radiomakalu.com || 021-522512


यी हुन् भुईकटहर खानुका ७ फाईदा



भुई कटहर गर्मी महिनामा पाईने फल हो । खाँदा निकै स्वादिष्ट हुने यसमा पानीको मात्रा भरपुर पाईन्छ । भुईकटहर खानुका यस्ता छन् फाईदा




१. भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

२. भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ ।

३. भुइँकटहरमा क्यालोरी कम मात्रामा हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।

४. मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।



५. भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत भुईकटहरले सहयोग गर्छ ।

६. यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ । भुइँ कटहरले अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ ।

७. भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ । एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget