Websoft University

www.radiomakalu.com || 021-522512


पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बुद्धको योजना, सुरुवातमै ३ बोइङ किन्ने



काठमाडौं,  वैशाख २० गते । । पोखरा विमानस्थलको निर्माण अझै सुरु भएको छैन । तर, बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएँसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरेको छ । अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो ।


बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने अनलाइनखबरलाई बताए । उनले यसका लागि हवाइजहाज निर्माता कम्पनी बोइङसँग छलफल अघि बढेको बताए ।

‘हामी काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भर्ने पक्षमा छैनौं । पोखरा विमानस्थल जति छिटो बन्छ हामी पनि त्यति नै छिटो अन्तर्राष्ट्रिय उडान थाल्छौं’ बस्नेतले भने ।

बोइङसँग परामर्श

कम्पनीले बोइङसँग विमान किन्नेबारे परामर्श सुरु गरिसकेको छ । बुद्धले पोखराको भौगोलिक अवस्थिति एरपोर्टको क्षमताअनुसार त्यहाँबाट कस्तो विमान अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गर्न बोइङलाई अनुरोध गरिसकेको छ । अब केही समयमै कम्पनीका प्राविधिकले आएर त्यसबारे अध्ययन गरेर रिपोेर्ट दिने बस्नेतले बताए ।

‘सम्भवतः पोखरामा ठूला विमान अवतरण गर्न सक्दैनन् । त्यसैले हामी न्यरोबडीबाटै अन्तर्राष्ट्रिय सेवा थाल्नेछौं’,  उनले भने । बुद्धले अन्तर्राष्ट्रिय उडानका लागि कति लगानी गर्ने,  कस्तो विमान किन्ने भन्ने विषयकै आधारमा तय हुने बताएको छ ।

पोखरा नै नेपालको सबैभन्दा बढी पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय उडान पनि त्यहीँबाट मात्रै गर्ने बस्नेतले बताए ।

ट्रान्जिट हबमा उडानको योजना

‘पोखराको विमानस्थलमा ठूला विमानहरु जान सक्दैनन् । त्यसैले विभिन्न अन्तर्राष्ट्रिय ट्रान्जिटहरुसँग हाम्रो  उडान जोडिन्छ’ उनले भने, ‘विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुसँग हाम्रो सहकार्य हुनेछ । उनीहरुले ट्रान्जिटसम्म ल्याएका यात्रुलाई बुद्धले पोखरा ल्याउँछ ।’

बुद्धले दुबई, बैंकक, सिंगापुर, टर्की, हङकङ, सिंगापुर, दोहा, दिल्ली, मुम्बई लगायतका नेपालका इन्टरनेशनल एयर ट्रान्जिट हबलाई केन्द्रित गरेर उडान भने एयोजना बनाएको छ ।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँको टुरिष्ट मुभमेन्ट अझ बढ्छ । त्यसैले विश्वस्तरीय एयरलाइन्ससँग हाम्रो कार्ट सेयररिङ हुन्छ । हामी ट्रान्जिट हबबाट विदेशी पर्यटकलाई सीधा पोखरामा ल्याउछौं’ बस्नेतले भने ।

विमानस्थलको निर्माण अघि बढ्नासाथ बुद्धले पोखरामा ह्यांगर र कार्यालय निर्माणका लागि काम थाल्ने बताएको छ ।

‘हामीलाई पोखराको पर्यटकीय महत्व र त्यहाँको सम्भावनाबारे राम्रो जानकारी छ । धेरै पर्यटक भित्र्याउनका लागि पोखरा जति अन्य क्षेत्र समर्थ छैनन्’, बस्नेतले भने,’हामीले त्यसैलाई ध्यानमा राखेर पोखरालाई नै केन्दि्रत गरर अन्तर्राष्ट्रिय उडान थाल्न लागेका हौं ।’

सेफ्टी अडिटमा अब्बल

आफ्नो सेवालाई विश्व स्तरीय बनाउन बुद्ध एयरले प्रत्येक दुईवर्षमा अपरेशनल सेफ्टी अडिट गराइरहेको छ । यो वर्ष पनि बुद्धले प्रि-सेफ्टी अडिट सकाएको छ ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसियशन (आईएटीए)मा सूचीकृत संस्थामार्फत सेफ्टी अडिट गराउँदा बुद्ध अब्बल सुरक्षाका मामिलामा ठहरिएको देखिएको छ ।

यो सेफ्टी अडिटमा एयरलाइन्सको कर्पोरेट अर्गनाइजेशन र म्यानेजमेन्ट, फ्लाइट अपरेशन, अपरेशनल कन्ट्रोल, एयर काफ्ट इञ्जिनियरिङ एण्ड मेन्टिनेन्स, क्याबिन अपरेशन, ग्राउण्ड ह्याण्डलिङ, कार्गो अपरेशन र अपरेशनल सेक्युरेटीका विभिन्न पक्षलाई आधार मानेर गरिएको हुन्छ । यसले समग्रमा बुद्धको अफिसियल म्यानेजमेन्टदेखि विमानको ह्याण्डलिङ, सुरक्षा र सेवा प्रवाहका सूचकहरुलाई उत्कृष्ट दर्शाएको छ ।

यो अडिटमा एयरलाइन्सका ९४४ वटा विभिन्न सुरक्षा र सेवागत मापदण्ड तय गरिएकोमा बुद्ध एयरले ९० प्रतिशतमा आफूलाई अब्बल सावित गरेको छ । ११४ वटा रिक्वायरमेन्टलाई अडिटरले सुधार गर्नुपर्ने गरी औंल्याएकाले त्यसका लागि काम सुरु भइसकेको महाप्रवन्धक बस्नेतले बताए ।

‘विशेषगरी अडिटमा औंल्याइएका अफिसियल म्यानेमेन्टका केही पाटोहरुमा हामीले सुधार गर्दैछौं । यो अडिट सकिँदासम्म बुद्ध एयरलाई अन्तर्राष्ट्रिय स्तरको सेवाप्रयायकका रुपमा प्रमाणित गर्छ । हामी सेफ्टीका मामिलामा सम्झौता गर्दैनौं’,  प्रवन्ध निर्देशक बस्नेतले भने ।

यो अडिटका लागि बुद्ध एयरले डेढ करोड रुपैयाँ खर्चिएको छ । नेपालमा आन्तरिक उडान भर्दै आएका अन्य कम्पनीले यस्तो अडिट नगराउने दाबी कम्पनीको छ ।-अनलाइनखबरबाट ,रबिन्द्र घिमिरे

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget