Websoft University

www.radiomakalu.com || 021-522512


खाल्डोमा भेटिएका ६ वटा सकेट बम सेनाले डिस्पोज गर्‍यो


खाल्डोमा भेटिएका ६ वटा सकेट बम सेनाले डिस्पोज गर्‍यो
गाईघाट  वैशाख २० गते ।  उदयपुरको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट वम नेपाली सेनाले डिस्पोज गरेको छ । गाईवस्तुको लागि गोठ बनाउन खनिएको खाल्डोमा भेटिएको ६ थान सकेट बम भवानी दल ताराघारी गुल्मले मंगलबार साँझ डिस्पोज गरेको हो ।
ताराघारी गुल्मका प्रमुख क्याप्टेन भरत गिरीको नेतृत्वमा सिरहाबाट आएको सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । ‘बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे,’ प्रजिअ पराजुलीले भन्नुभयो, ‘प्रहरी टोलीले शक्तिशाली बम नै भएको जानकारी दिएपछि सेनाको डिस्पोज टोली पठाएर निस्क्रिय पारिएको हो ।’
सोमबार स्थानीय गणेश गिरीले गाईबस्तुको लागि गोठ निर्माण गर्न खाल्डो खन्नेक्रममा ६ थान बम फेला परेको थियो । बम शक्तिशाली जस्तो देखिएपछि स्थानीय त्रसित भएर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयका कटारीका डिएसपी चिरन्जिवी कोईलाले सशस्त्र द्वन्दको क्रममा लुकाईराखेको हुन सक्ने आंशका गर्नुभयो ।- भरत खड्का , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget