Websoft University

www.radiomakalu.com || 021-522512


सिंहियाखोला किनारमा शौच गर्नेको घुईचो

सिंहियाखोला किनारमा शौच गर्नेको घुईचो

मोरङ,  वैशाख २७ गते  ।  तपाँई शौच कहाँ गर्नु हुन्छ ? कसैले तपाँईलाई प्रश्न गर्यो भने तपाँई सहजै उत्तर दिनुहुन्छ । चर्पीमा तर सिंहिया खोलाको बगर र आसपासमा छाप्रो बनाएर बसीरहेका केहि सर्वसाधारण खुल्ला चौरमा गएर शौच गर्दै आएका छन । पशुबधशाला निर्माण भईरहेको हाटखोलालको ठिक दक्षिण पर्टी खोला किसानबाट सर्बसाधारण वारपार गरिरहेका हुन्छन । उक्त खोलामा सँधै पानी बगेकै हुन्छ । त्यहाँ कोही नुुहाउँदै हुन्छन त कोही कपडा धुने पनि हुन्छन । त्यो क्रम सगै खुल्ला ठाउमा शौच गर्नेमानिषहरु पनी धेरै हुन्छन ।


कोही कलकल बग्दै गरेको खोलाको किनारमा दिसा गर्नेहरु हतार हतार दौडेर आउँथे र कट्टु खेलेर बसी हाल्ने गरेको दुृष्य देखिन्थ्यो । तर उहाँहरुलाई रतीभरको लाज थिएन । खोलामै शौच गरेर फर्कीएका ४५ वर्षीय (नाम परीर्वतन) रमेश डोमको दिन चार्या यस्तै छ । उहाँमात्र होईन सो खोलामा शौच गरेर फर्कीनुभएका (नाम परीर्वतन ) दिनकर कामत पनी अवस्था यस्तै हो । सो क्षेत्र आसपासमा करिव पाँच हजार परिवार सुकुम्बासी बस्ती छ । उहाँहरुको घरमा चर्पी छैन । खोलामै शौचगरेर दिन वित्दै आएको छ । यसैगरी आउँछन् अनी छेउछाउका कसैलाई पनि हेर्दैनन् अनी गालामा हात लगाएर थालिहाल्छन् कट्टुखेलेर दिसा गर्न । यो सिँगिया खोलाको बाध्यता मात्र हैन धेरै खोला किनारको अबस्था उस्तै नै छ ।

उक्त खोलाको पानी पशुले मात्र खाने हैन यहाँ धेरै बालबालिका खोल्ने अनी नुहाउने पनि गर्छन । एक त खोला किनार हड्पेर बस्नेहरुको संख्या धेरै छ तीनै खोला किनारमा घर बनाएर बस्नेहरु नै खुल्ला ठाउँमा चर्पी गर्ने गरेको स्थानिय राम स्वरुप रायको भनाई छ ।। सरकारले खुल्ला दिसामुक्तको अभियान शुरु गरेको लामै समय भईसकेको छ ।तर त्यो पुर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । मुख्य सहरहरुसँग जोडिएका स्थलहरुको अबस्था त यस्तो छ अझ ग्रामिण बस्ती र गाउँहरुको अबस्थम कस्तो होला भनेर आँकलन समेत गर्न सकिँदैन ।

तर यसरी खुल्लमखुल्ला दिसा गर्नुलाई घरमा सौचालय भएकाहरुले राम्रो रुपमा लिँदैनन । सरकारले कडाईका साथ कार्वाही गर्नुपर्ने विराटनगरबाट सिंहिया खोला हेर्न आएकी विमला अधिकारीको भनाई छ । बिराटनगरसँगै जोडिएका धेरै साबिकका गाबिस र हालका गाउँपालिकाहरु खुल्ला दिसामुक्त घोषणा हुन नसक्नु नै बिराटनगर उपमहानगरपालिकाको यो समस्याको रुपमा आएको पनि बताईन्छ । २०१७ सम्ममा मोरङलाई मात्र खुल्लादिसा मुक्त बनाउने हैन देशलाई नै खुल्ला दिसामुक्त देशको रुपमा स्थापित गर्ने योजना सरकारले बनाएको थियो तर त्यो संभावना क्षिण हुँदै गएको छ ।

तर खानेपानी तथा सरसफाई डिभिजन कार्यलय मोरङका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले सकेसम्म खुल्ला दिसा मुक्त अभियानलाई कार्यान्वय गर्ने प्रयासमा रहेको तर कार्यन्वयन चुनौती पुर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘ कार्यन्वयनमा चुनौती छ विस्तारै सचेत हुन्छन,। सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अझै पनि चुनौतिपूर्ण छ ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न र यसमा संलग्न हुनेहरुमा स्थानीय सबै निकायहरु, सरकारी निकायहरु, गैर सरकारी संस्थाहरु र अन्तर्रािष्ट्रय गैर सरकारी संस्थाहरु प्रत्यक्ष रुपमा सहयोग गर्ने अनि विभिन्न सामाजिक संघ संस्थाहरु, राजनैतिकदलहरु, विद्यालयहरु तथा स्थानीय ब्यक्तिहरुको भूमिका महत्वपूर्ण रहेको छ । तर अहिलेको अबस्थालाई हेर्दा मोरङ जिल्लालाई खुल्ला दिसामुक्त अभियानको रुपमा सबैको घरमा चर्पी बन्न समस्याको रुपमा छ ।- पुर्बेलीन्युजबाट

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget