Websoft University

www.radiomakalu.com || 021-522512


माेरङमा पहुँचवालाहरुले बुझाएनन हतियार : एक्सन लिने तयारीमा प्रहरी

माेरङमा पहुँचवालाहरुले बुझाएनन हतियार : एक्सन लिने तयारीमा प्रहरी

मोरङ, वैशाख २७ गते  । तपाईंंसित हतियार छ ? तपाईंसँग भएको हतियार तत्काल प्रशासनमा नबुझाए कारबाहीको भागिदार हुनुपर्नेछ । जिल्ला प्रशासनले दर्ता भएका वैध हतियार प्रहरीमा बुझाउन गरेको उर्दीको अवज्ञा गर्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । स्थानीय निर्वाचन अवधिभर हतियार बुझाउन प्रशासनले दुई साताअघि सर्वसाधारणमा आग्रह गरेको थियो । हतियार राख्नेहरूमा पूर्वअञ्चलाधीश, पूर्वप्रशासक, प्रधानपञ्च, सरकारका उच्च अधिकारी, राजनीतिगगायत विशिष्ठ महानुभाव छन । व्यक्तिगत सुरक्षाका लागी जिल्ला प्रशासनमा दर्ता गरेर हतियार राख्न सकिने प्रावधान छ ।


सुरक्षको लागी सरकारले हतियार राख्न खुल्ला गरेपछि पञ्चायतकालमा धेरै पहँचवालाहरूले हतियारको अनुमति लिएका हुन् । हतियार घरमै सजाएर राख्ने चलन छ पहुँचवालाहरूको । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्दीप भण्डारीले आग्रह गरेको दुई साताको अवधिमा न्यून मात्र हतियार प्रहरीमा बुझाएको बताए । उनका अनुसार ७ सय २३ हतियार दर्ता रहेकोमा २४ जनाको हतियार प्रहरीमा आइपुगेको छ ।

‘धेरै अनुरोध गरिसक्यौं,’ भण्डारीले भने, ‘पहुँचवाला भनेर कानुनको उल्लंघन गर्नेमाथि कारबाही गर्छौं ।’ उनका अनुसार दर्तावाला हतियार भएका घरघरमा पुगेर नियन्त्रणमा लिइनेछ । स्वतस्फुर्त हतियार बुझाउन चाहे मोरङको कुनै पनि प्रहरी कार्यालयमा बुझाउन सकिने भण्डारीको भनाइ छ । निर्वाचनलाई निष्पक्ष र शन्तिपूर्ण सम्पन्न गर्न प्रशासनले दर्तावाला हतियार नियन्त्रणमा लिने गरेको छ । निर्वाचन अवधिमा दर्तावाला हतियारकै दुरुपयोग हुनसक्ने आशंका बढ्ने हुँदा नियन्त्रणमा लिइँदै आएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले पहुँचवाला व्यक्तिसँग दर्तावाला हतियार भएकाले प्रहरीमा बुझाउन अटेर गरेको हुनसक्ने बताए । प्रजिअ कोइरालाले भने, ‘निर्वाचन अवधिसम्म कुनै पनि शर्तमा अधिकारप्राप्त हतियार राख्न पाइँदैन ।’ मोरङ प्रशासनका अनुसार दर्तावाला हतियार लिनेहरूमा अधिकांश विराटनगरवासी छन् । सीमाक्षेत्र र संवेनशील क्षेत्रमा बस्नेहहरूले हतियारको अनुमति लिएका छैनन् ।

हतियार राख्ने अनुमति लिने व्यक्तिहरूले ५ वर्षसम्म नवीकरण नगरे स्वतः अवैध हुन्छ । हतियार तथा खरखजाना ऐनअन्र्तगत त्यस्ता अधिकारवाला व्यक्तिमाथि कारबाही हुने व्यवस्था छ । मोरङ प्रशासनको विवरणअनुसार ५० वर्ष पुराना हतियार अझै नवीकरण भइरहेका छन् । नवीकरण गरिरहेका हतियारहरूमा एकनाले बाह्रबोरे ३ सय ४२ थान रहेको छ । यस्तै २ नाले बाह्रबोरे बन्दुक २ सय ७ थान , एकनाले पच्चीस र बाइसबोरे राइफल ५० थान, एकनाले टोेटा बन्दुक १८ थान ,। पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget