Websoft University

www.radiomakalu.com || 021-522512


नीलकण्ठमा काँग्रेस र माओवादी केन्द्र विजयी



मलेखु (धादिङ), जेठ ६ गते । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद ढुङ्गानाले १३ हजार एक सय ६६ उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अर्जुन श्रेष्ठले छ हजार छ सय २८ मत प्रप्त गर्नुभयो । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारीले १० हजार तीन सय २५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गङ्गादेवी श्रेष्ठले छ हजार नौ सय ८५ मत प्राप्त गर्नुभयो ।

तेत्तिस हजार ९९ मतदाता रहेको नीलकण्ठ नगरपालिकामा २४ हजार तीन सय ७५ मतदाताले मतदान गरेका थिए । अन्तिम मत परिणामानुसार नगरपालिकामा काँग्रेसले छ तथा एमाले र माओवादी केन्द्रले चार चार वडामा विजय हासिल गरेका छन् । माओवादी केन्द्र र काँग्रेसबीच तालमेल भएको थियो । नीलकण्ठ नगरपालिको मत परिणमसँगै जिल्लाका १३ स्थानीय तहको मत परिणाम आएको छ । जिल्लाको अन्तिम मत परिणामानुसार एमालेबाट एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा ५६ वडामा अध्यक्ष विजयी भएका छन् ।

काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा २४ वडाध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाका अध्यक्ष र २१ वडाध्यक्ष तथा राप्रपा एक गाउँपालिका अध्यक्षसहित तीन वडाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अनलाइनबाट पञ्जीकरण गरिने

थाक्रे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । मतगणना सकिएपछि निर्वाचन कार्यालयले प्रमाणपत्र वितरण गरी प्रतिनिधिलाई शपथ गराएको थियो ।

प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज काफ्लेले शुक्रबार अध्यक्षमा निर्वाचित एमालेका रामकुमार आचार्य र अम्बिका रुपाखेतीलगायत ११ वडाका निर्वाचित प्रतिनिधिलाई शपथ गराउनुभयो । शपथपछि निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्दै व्यक्तिगत घटना दर्ताको काम व्यवस्थित बनाउन आगामी साउनदेखि वडास्तरबाटै अनलाइन प्रणाली सुरु गरिने तथा सामाजिक सुरक्षा भत्ता वडास्तरबाट वितरण गरिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

गाउँपालिकाको केन्द्र रहेको महादेवबेँसी बजारलाई सुन्दर बनाउन टोल सुधार समिति गठन गरिने र वास्तविक भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराइने पनि निर्णय भएको उपाध्यक्ष रुपाखेतीले जानकारी दिनुभयो ।

गल्छी गाउँपालिकामा पनि निर्वाचन अधिकृतले गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार नै शपथ गराउनुभएको छ । प्रमाणपत्र लिएर जनताको नाममा शपथ खाएपछि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठले जनताको घरदैलामा सेवा दिइने र वडा कार्यालयबाट छिटो जनताको सेवा पु¥याइने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget