Websoft University

www.radiomakalu.com || 021-522512


पोखरा महानगर– १२, १३ र १५ को अन्तिम नतिजा



पोखरा, जेठ ६ गते । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १२, १३ र १५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । महानगरपालिका वडा नं १२ का अध्यक्षमा नेपाली काँग्रेसका कार्की एक हजार ४६ मतसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का ऋषिराम लामिछानेले आठ सय २९ मत प्राप्त गर्नुभयो । वडाका महिला सदस्यमा काँग्रेसकी सीतादेवी बास्तोला, दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा तथा खुला सदस्यद्वयमा एमालेका निर्मलबहादुर थापा र देशभक्त केसी निर्वाचित हुनुभएको छ ।

महानगर १३ नं वडामा एमालेको समूह विजयी भएको छ । वडाध्यक्षमा एमालेका लेखबहादुर तामाङ (दर्शन लामा )दुई हजार ६०६ मतसहित विजयी बन्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बजिरमान श्रेष्ठले एक हजार छ सय आठ मत प्राप्त गर्नुभयो । सो वडाका महिला सदस्यमा कृष्णकुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक तथा खुला सदस्यद्वयमा टङ्कप्रसाद भट्टराई र रहीमुल्ला मिया विजयी बन्नुभयो ।

महानगर वडा नं १५ मा एमाले समूहसहित विजयी भएको छ । वडाअध्यक्षमा एमालेका प्रकाश पौडेल एक हजार ९४४ मतसहित निर्वाचित बन्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वीकाँग्रेसका टोपबहादुर थापाले एक हजार पाँच सय ४७ मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा पार्वती कार्की, दलित महिला सदस्यमा मन्दिरा परियार तथा खुल्ला सदस्यद्वयमा तोरणबहादुर बानियाँ र रुकबहादुर गुरुङ विजयी बन्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget