Websoft University

www.radiomakalu.com || 021-522512


आक्रमणको विरोधमा रसुवा बन्द

 आक्रमणको विरोधमा रसुवा बन्द

नुवाकोट,  जेठ ६ गते   ।  नेपाल युवा संघले आफ्ना कार्यकर्तालाई हतियार प्रहार गरी घाइते बनाएको भन्दै शनिबार बिहानैदेखि रसुवा बन्द गरेको छ । तरुण दलका कार्यकर्ताले घाइते बनाएको भन्दै पक्राउ गर्न मागसमेत गरेको छ ।  नुवाकोटसंगै जोडिएको हिमाली रसुवा जिल्लाका युवा संघका जिल्ला सदस्यमाथि शुक्रबार बेलुकी घरेलु हतियार प्रहार गरी सांघातिक आक्रमण भएको युवा संघले जनाएको छ ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुवेशीमा फुर्वास्याङ्वो तामाङलाई स्थानीय तरुण दलका कार्यकर्ता रिसावाङ्दी तामाङलगायतले बेलुकी बजारमै खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको सांसद जर्नादन ढकालले जानकारी दिनुभयो । तत्काल तरुण दलका कार्यकर्ता रिसावाङ्दीलाई पक्राउ गरि कारवाही गरिनु पर्ने सांसद ढकालको माग छ ।
गम्भीर घाइते युवा तामाङको टाउको, शरिर तथा हातमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते युवालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौ लगिएको छ । प्रहरीले घरेलु हतियार प्रयोग गरि आक्रमणमा उत्रिएका रिसावाङ्दीलाई पक्राउ गरेर कारवाही नगरेसम्म रसुवामा अनिश्चितकालीन वन्द गरिएको युवा संघ रसुवाका अध्यक्ष  माइला श्रेष्ठले जानकारी दिनुभयो । बन्दका कारण रसुवाको धुन्चे, स्याफ्रुवेशी, कालिकास्थान, वेत्रावति वजार ठप्प भएका छन्।
यातायातका साधन पुर्ण रुपमा नचल्दा सर्वसाधारण पैदलै यात्रा गर्न वाध्य भएका छन् । घाइते युवाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइले जानकारी दिनुभयो ।- अन्नपूर्ण बाट -देवचन्द्र भट्ट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget