Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी बैठकको निष्कर्ष : जसरी पनि निर्वाचन गराउने

माओवादी बैठकको निष्कर्ष : जसरी पनि निर्वाचन गराउने
                                          महाभियोग प्रस्ताव पनि अघि बढाउने


काठमाडौं वैशाख १९ गते  ।  सत्तारूढ माओवादी केन्द्र प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउँदै वैशाख ३१ गतेको निर्वाचन जसरी पनि सम्पन्न गराउने निष्कर्षमा पुगेको छ ।आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्तासँगै उहाँ निलम्बन भएपछि उत्पन्न राजनीतिको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो डाकिएको माओवादी केन्द्र हेडक्वार्टर सदस्यहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
महाभियोग प्रस्तावको ब्रिफिङ गर्दै अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथिको महाभियोगको प्रस्ताव नेपाल प्रहरीको महानिरीक्षक प्रकरणसँग जोडिएको देखिए पनि यो विषय शक्ति पृथकीकरण र राज्यका तीनवटै अंगबीचको क्षेत्राधिकारको सवाल भएको बताउनुभएको थियो । प्रधानमन्त्रीले महाभियोगको प्रस्ताव सरकारको प्रस्ताव नभएर सांसदहरूद्वारा दर्ता भएको र त्यो संविधानमा व्यवस्था भएको महाभियोगसम्बन्धी प्रावधानअनुरूप नै दर्ता भएको हुँदा सोहीअनुरूप अगाडि बढ्ने स्पष्ट पार्नुभएको थियो ।

दाहालले महाभियोग प्रस्ताव अदालतविरुद्ध लक्षित नभएर प्रधानन्यायाधीशको व्यक्तिगत कार्यशैली र आचरणसँग सम्बन्धित भएको जिकिर पनि गर्नुभएको थियो । उहाँले महाभियोग प्रस्तावले न्यायालय कमजोर नहुने बरु अझ पारदर्शी, जबाफदेही र प्रभावकारी बन्ने बताउँदै संसद्ले गर्ने निर्णय नै अन्तिम हुने जानकारी बैठकलाई गराउनुभएको थियो । हेडक्वार्टर सदस्यहरूले निर्वाचनप्रति उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले महाभियोग प्रस्तावले निर्वाचन र संविधान संशोधन प्रक्रिया प्रभावित नहुने स्पष्ट पार्नुभएको थियो ।
'झट्ट हेर्दा आईजीपी प्रकरणजस्तो देखिए पनि कार्यपालिकामाथिको हस्तक्षेप भएको निष्कर्ष पार्टीले निकालेको छ । प्रस्तावमा उल्लेख आठैवटा प्रस्ताव सही भएको हाम्रो ठम्याइ छ', नेता हरिबोल गजुरेलले भन्नुभयो । संसद्मा दर्ता महाभियोग प्रस्तावले यसको गरिमा बढाएकाले टुंगोमा पुर्‍याउन सदस्यहरू सहमत देखिएको प्रवक्ता पम्पा भुसालले बताउनुभयो । 'पार्टीले मंगलबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । तीन प्रदेशमा हुन लागेको निर्वाचन भव्यताका साथ सफल पार्न पार्टीपंक्ति लाग्ने निष्कर्ष बैठकको छ', उहाँले अन्नपूर्णसँग भन्नुभयो ।
३१ गतेको निर्वाचन सम्पन्न भएपछि संशोधन प्रस्ताव पास गर्ने र त्यसपछि दोस्रो चरणको निर्वाचन अघि बढाउन पार्टी सदस्यबीच छलफल भएको जानकारी भुसालले दिनुभयो ।माओवादी केन्द्रले काठमाडौं महानगरपालिकामा मेयरका लागि सर्र्वाेत्तम डंगोल र उपमेयरमा सुशीला पौड्याललाई छनोट गरिसकेको छ । यसअघि चितवन महानगरपालिकाको मेयरमा पार्टी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल र काठमाडौंको टोखा नगपालिकाको मेयरमा कल्पना शर्मालाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको छ ।
१९ गतेको उम्मेदवारी दर्तापछि फेरि हेडक्वार्टर सदस्यहरूको बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ ।सोमबार लाजिम्पाटमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले ३१ गते जसरी पनि निर्वाचन हुने, महाभियोग प्रस्ताव संसदीय प्रक्रियाअनुरूप अगाडि बढ्ने र त्यसले निर्वाचनलाई प्रभाव नपार्ने बताउनुभएको थियो । निर्वाचनलाई एउटा पर्वका रूपमा लिएर सफल पार्न पनि उहाँले सबै कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget